नवलपरासी बिकासका लागि मेराे उम्मेदवारी :बिनाेद चाैधरी

पश्चिम नवलपरासी जिल्लाकाे प्रतिनिधि सभा क्षेत्र न १का उमेदवार बिनाेद चाैधरीले घरदैलाे अभियान कार्यक्रम  सुुुरु  गर्नु भएकाे छ । जनताकाे घर अागनमा पुगि जनताकाे जिज्ञासा काे जवाफ दिदै अहिले नवलपरासी काे समग्र बिकासकाे लागि मेराे याे उमेदवारी रहेकाे बताउनु भएकाे छ।प्रतापपुर ,सुस्ता ,सरावल र बर्दघाट का विभिन्न टाेलमा घर दैलाे अभियान सुरु गरेका बिनाेद चाैधरी ले  स्थानीय समस्याहरू,विकासका प्राथमिकता, रोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधारका विषय क्षेत्र लाई मध्यनजर गर्दै बिकासमा फडकाे मार्ने  बताउनु भयाे । विगतका प्रतिनिधि सभा ३बर्षमै समाप्त भएकाेले जनताकाे अपेक्षा अनुसार बिकास गर्न नसक्नुले यसपटक जवाफदेहीताका साथ नवलपरासी मा बिकासकाे लहर ल्याउने प्रतिबद्धता ब्यक्त गर्दै अाम जनताहरुलाई अाफुलाई जनप्रतिनिधि बनाउनु भन्दै घरदैलाे अभियानलाई तिब्र पार्नु भएकाे हाे।

Comments