रामग्राम बहुउद्देशीय सहकारीको चाैथाे वार्षिक साधारण सभा सम्पन्न

सुरेश यादव परासी,२८ पुष 

पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ५ परासीमा रहेको रामग्राम बहुउद्देशीय सहकारी संस्था लिमिटेडको आईतवार चाैथाें  वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष शिवेन्द्र शाहको अध्यक्षता भएकाे कार्यक्रममा बाेल्दै रामग्राम नगरप्रमुख धनपत यादवले नगरभित्र रहेका सहकारी छानबिन गरि नियमनमा ल्याउने बताउनुभयो । यस्तै नगरपालिकाले किसानहरुकाे लागि मल ब्युकाे व्यवस्थापनमा लागि परेकाे जाेडदिनुभयाे ।

कार्यक्रममा आ.व. २०८१/८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका कोषाध्यक्ष विनयकुमार यादवले संस्था कुल १ कराेड ८७ लाख ७० हजार ९ सय २० रुपैयाँ कुल आम्दानी गरि ८३  हजार ४ सय शुद्ध नाफा गरेको जानकारी दिनुभयो । संस्थामा कुल ४४ जना शेयर सदस्य रहेको र १९२ महिला,६९५ पुरुष गरि ८८७ जना बचतकर्ता रहेको अध्यक्ष शाहले बताउनुभयाे । उहाँका अनुसार संस्थाले दुई पांग्रे सवारी साधनमा फाइनेन्सको सुविधा उपलब्ध गराउँदै आएकाे जानकारी दिनुभयो । 

 

 

संस्थाले चालु आर्थिक वर्ष २०८२/८३ मा १२ सय जना बचतकर्ता पुर्‍याई कुल ३ करोडको काराेवार गर्ने लक्ष्य राखिएको कोषाध्यक्ष यादवले जानकारी दिनुभयाे । सो अवसरमा समाजसेवी रामसुभग गुप्ता,संस्थाका उपाध्यक्ष बदरे आलम,सेयर सदस्य ओम नारायण थारु लगायतले बाेल्नुभएकाे कार्यक्रम संचालक अमन गुप्ताले जानकारी दिनुभयाे ।

Comments