नवलपरासी मा सशस्त्र प्रहरीका एसपि रायमाझीकाे कडा एक्सनले अबैध सामानहरु धमाधम बरामद

त्रिवेणी प्रेस सबाददाता पश्चिम नवलपरासी 

नवलपरासी मा सिमा क्षेत्रबाट अबैधरुपमा ल्याईरहेका सामानहरु सशस्त्र प्रहरी बल नवलपरासीले धमाधम नियन्त्रण मा लिन थालेकाे छ ।सशस्त्र प्रहरी बल नवलपरासी ले निकै कडारुपमा निगरानी बढाएपछि नवलपरासीमा तस्करीमा कमि अाएकाे स्राेतले बताएकाे छ।

 

सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर नवलपरासी पश्चिम का गणपति सशस्त्र प्रहरी उपरीक्षक सन्ताेष रायमाझीले  जिल्ला कमान्ड सम्हाले पछि जिल्लामा शान्ति सुरक्षा, सीमा सुरक्षा, सीमा अपराध,विपत व्यवस्थापन तथा अवैध मालसामान नियन्त्रण जस्ता विषयहरुलाई प्राथमिकता मा राखी कार्य सम्पादन गर्दै आउनु भएकाे छ।एसपि रायमाझीले जिल्ला काे प्रमुखकाे रुपमा कमान्ड सम्हाले पछि तस्करहरुकाे भागाभाग मच्चेेेका छ । अहिले तस्करहरु तस्करी गर्न पाएका छैनन।अाफु सक्रियताका साथ अाफ्ना मातहतका सबै युनिटहरुलाई तस्करी राेक्न कडा निर्देशन दिदै अाएका छन।  यसै गरि पाल्हिनन्दन गा.पा.-६ कब्रस्थान स्थित अबैध रुपमा नेपालबाट भारततर्फ लैजानको लागि दशगजा नजिकै परालको कुन्युमा लुकाई राखेको अवस्थामा रु.४५,००,०००।– (पैतालिस लाख रुपैया मात्र) मुल्य बराबरको बिभिन्न भेप ईलेक्ट्रिक हुक्का १८०० पिस (९ कार्टुन) स.प्र बल नं २६ गण तथा स.प्र बल सि.सु गुल्म हरपुरबाट खटिएको संयुक्त गस्ति टोली बरामद गरेको सुचना अधिकारी गाेबिन्द बहादुर केसिले जानकारी दिनु भयाे । नियन्त्रणमा लिएकाे सामानहरु आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालय पश्चिम नवलपरासीमा बुझाउन तयारी प्रक्रियामा रहेकाे सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्वाटर नवलपरासीका सशस्त्र प्रहरी नायब उपरीक्षक एवम सुचना अधिकारी केसि ले जानकारी दिनु भयो। यसै गरि केही दिन अगाडि सरावलकाे गणेशपुरबाट २०लाख बराबरकाे कफि समेत बरामद गरिएकाे थियाे ।

Comments