संघीय लाेकतान्त्रिक माेर्चा नवलपरासीद्वारा विराेध सभा
सुरेश यादव,परासी
संघीय लाेकतान्त्रिक माेर्चा नवलपरासीले क्षेत्र नं २ काे क्षेत्रीय विराेध सभालाई सम्वाेधन गर्दै माेर्चाका केन्द्रीय सदस्य एवं पुर्व रक्षा राज्य मन्त्री रामवचन यादवले सबै मधेसी दल एक जुटभएर आगामी फागुन २१ काे निर्वाचनमा जानुपर्ने बताउनुभयाे । पुर्व मन्त्री यादवले तत्कालीन मधेस आन्दोलनकाे समयमा सरकारबिच भएकाे सम्झौता याे अन्तरिम सरकारले कार्यान्वयन गर्नुपर्ने बताउदै यदि कार्यान्वयन भएन भने फेरि तराई मधेसमा विद्राेह हुन सक्ने चेतावनी दिनुभयाे ।
जसपाका जिल्ला सह-सचिव गाैरी शंकर गुप्ताकाे अध्यक्षतामा भएकाे कार्यक्रममा जसपा केन्द्रीय सदस्य मुन्नालाल गुप्ता,लुम्बिनी प्रदेश उपाध्यक्ष चन्द्र धमा हरिजन,लाेसपा प्रदेश सदस्य एवं पाल्हिनन्दन-२ का वडा अध्यक्ष जगदीश प्रसाद गुप्ता,जसपा नेपालका अध्यक्ष धरेन्द्र यादव,लाेसपाका अध्यक्ष मुकुरजी गिरी,जनता प्रगतिशील पार्टीका अध्यक्ष राधेरमण पाण्डे,जसपाका सह-सचिव कमलेश माली,माेर्चा पाल्हिनन्दन अध्यक्ष महेन्द्र यादव लगायतले बाेल्नुभएकाे जिल्ला सचिव मदन यादवले जानकारी दिनुभयाे ।







Comments