उखुकाे अनुदान रकम कटाैती गरेकाे बिराेधमा मिलहरुकाे अगाडि टायर बालेर बिराेध

नन्दु यादव नवलपरासी साउन २०
 
उखु किसानहरुले पाउदै अाएकाे अनुदान रकम कटाैति भयपछि अहिले उखु किसानहरु अान्दाेलित भएका छन।अहिले नवलपरासी सहित देशभरिकै उखु किसानहरु अान्दाेलित भएका हुन ।सरकारले अहिलेकाे बजेट बाट दिदै दिएकाे अनुदान रकम ७०रुपैयाबाट३५रुपैया कटाैति गरेपछि किसानहरुले अान्दाेलित हुन पुगेका हुन।किसानहरु पाउदै अाएकाे अनुदान रकम पाउनुपर्ने भन्दै अान्दाेलन सुरु गरिएकाे बताईएकाे छ ।अनुदान रकम कटाैति भएपछि किसानहरु विभिन्न चरणकाे अान्दाेलन काे घाेषणा गरेका हुन ।पहिलाे चरणमा अाईतवार सिडियाेमार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाईएकाे उखु उत्पादक कृषक समिति लुम्बिनी प्रदेशका सयाेजक उमेशचन्द्र यादवले जानकारी दिनु भयाे ।अाज २०गते दिउसाे ३बजे नवलपरासी बिभिन्न उखु मिलहरुकाे अगाडि टाएर जलाएर बिराेध गरिएकाे यादवले जानकारी दिनु भयाे। माग पूरा भएन भने भदाै ८गते देखि काठमाडौं केन्द्रीत माईतिमण्डलामा धर्ना प्रदर्शन गर्ने अान्दाेलन घाेषणा भएकाे यादवले बताउनु भयाे ।माग पूरा नहुन्जेल सम्म अान्दाेलन जारी राख्ने वहाले बताउनु भयाे।किसानले वर्षौंदेखि उखु बेचेको बक्यौता रकम भुक्तानी समेत पाएका छैन। ।उखु नगदे बाली। तर किसान सधैं उधारोमा कारोबार गर्न बाध्य छन्। 

Comments