उखुकाे अनुदान रकम कटाैती गरेकाे बिराेधमा सिडियाे मार्फत प्रधानमन्त्री लाई ज्ञापनपत्र

नन्दु यादव नवलपरासी साउन १८

उखु किसानहरुले पाउदै अाएकाे अनुदान रकम कटाैति भयपछि अहिले उखु किसानहरु अान्दाेलित भएका छन।अहिले नवलपरासी सहित देशभरिकै उखु किसानहरु अान्दाेलित भएका हुन ।सरकारले अहिलेकाे बजेट बाट दिदै दिएकाे अनुदान रकम ७०रुपैयाबाट३५रुपैया कटाैति गरेपछि किसानहरुले अान्दाेलित हुन पुगेका हुन।किसानहरु पाउदै अाएकाे अनुदान रकम पाउनुपर्ने भन्दै अान्दाेलन सुरु गरिएकाे बताईएकाे छ ।अनुदान रकम कटाैति भएपछि किसानहरु विभिन्न चरणकाे अान्दाेलन काे घाेषणा गरेका हुन ।पहिलाे चरणमा अाईतवार सिडियाे हिराला रेग्मी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन बुझाईएकाे उखु उत्पादक कृषक समिति लुम्बिनी प्रदेशका सयाेजक उमेशचन्द्र यादवले जानकारी दिनु भयाे ।अाउने २०गते दिउसाे ३बजे उखु मिलहरुकाे अगाडि टाएर जलाएर बिराेध गर्ने र माग पूरा भएन भने भदाै ८गते देखि काठमाडौं केन्द्रीत माईतिमण्डलामा धर्ना प्रदर्शन गर्ने अान्दाेलन घाेषणा भएकाे यादवले बताउनु भयाे ।माग पूरा नहुन्जेल अान्दाेलन जारी राख्ने वहाले बताउनु भयाे।किसानले वर्षौंदेखि उखु बेचेको बक्यौता रकम भुक्तानी समेत पाएका छैनन्।किसानले उत्पादन गरेको उखुबाट चिनी बनाएर उद्योगी मोटाए पनि उखु किसानले उखुजस्तै पेलिएको महसुस गर्दै आएका छन्। किसान मार्न पाइँदैन, सरकार किसानलाई बाँच्ने अधिकार देऊ, हाम्रो मेहनतको फल नखोस, आफ्नो पसिनाको फल नखोस किसानहरु गुनासाे गरे। अहिले सम्म उखु मिलवालाहरुले किसानहरुलाई पेले तर अब सरकारले पनि अनुदान रकम कटाैति गरेर पेल्न सुरु गरेकाे एक किसानले दुखेसाे पाेखे ।उखु नगदे बाली। तर किसान सधैं उधारोमा कारोबार गर्न बाध्य छन्। 

Comments