प्रतापपपुर गाउपालिका नवनिर्मित प्रशासकिय भवन बाट गर्याे सेवा सुरु
नन्दु यादव नवलपरासी साउन १६
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिकाले नवनिर्मित प्रशासकीय भवन बाट अाफ्नाे सेवा सुभारम्भ गरेकाे छ ।अाज गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवले बिधिवत रुपमा पुजापाठ गरि नया भवन बाट सेवा सुरु गरिएकाे बताउनु भयाे ।२बर्ष मा ११कराेड ४९लाख लागतमा प्रमुख प्रशासकिय भवन तथा १कराेड ३३लाखमा प्रसुति सेवा भवन निर्माण कार्य सम्पन्न भई सेवा सुरु भएकाे हाे ।प्रमुख प्रशासकिय भवनमा ३४वटा काेठा रहेका छन ।भवनको पुजापाठ गर्दै अध्यक्ष यादवले नागरिकलाई गाउँमै सिंहदरवारको अधिकार आएको अनुभूति हुने खालका कार्यक्रम ल्याएकाे बताए । संघीयता कार्यान्वयनपछि गाउँमै सिंहदरवार आयो भन्ने अनुसार नै कार्यक्रम बन्ने र सेवा प्रवाहमा पनि सहज भएकाे बताए ।
यादवले निर्वाचनकाे बेला मा अाम नागरिकहरुलाई दिएकाे प्रतिबद्धता हरु क्रमस पूरा गर्दै बाकि काम हरु पूरा गर्ने लक्ष्य रहेकाेे बताउनु भएकाे छ।८बर्ष देखि भाडामा बस्दै अाएकाे पालिका अबअाफ्नेै निजि भवन भएपछि अार्थिक भार कम हुने तथा सेवा प्रवाह सहज हुने यादवले बताउनु भयाे ।अध्यक्ष यादव प्रमुख प्रशासकिय भवन ,रिङ राेड स्वास्थ्य सेवा,शैक्षिक सेवा ,कृषि क्षेत्र बिकास लगायतकाे मुख्य एजेन्डा बाेकेर चुनावमा हाेमियएका थिए जुन निर्वाचित भएपछि क्रमस ८०प्रतिशत कामहरु पूरा गरेकाे यादव काे दाबि छ।







Comments