प्रतापपपुर गाउपालिकाद्वारा किसानहरुलाई कृषि यान्त्रिकरण बितरण

नन्दु यादव नवलपरासी असार१८

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिकाले कृषि लागत घटाई कृषि उत्पादनमा बृध्दि गर्ने उदेश्य का साथ कृषि यान्त्रिकरण बितरण गरिएकाे प्रतापपुर गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिनु भयाे ।बर्तमान अवस्थामा  कृषिलागत बढेकाे त्यसलाई घटाई किसानहरुलाई यस उपकरणले उत्पादनमा बृध्दि हुन सहयाेग हुने बताउनु भयाे ।

खास गरि प्रतापपुर गाउँपालिका लाई कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य तथा किसानले गरिरहेको व्यावसायका आधारमा यहाँका किसानहरुको आवश्यक कृषि सामाग्री तथा प्रविधिक सहयोग तथा पालिकालाई कृषिमा नमूना बनाउन र उत्पादित वस्तुको बजारीकरण गरी किसानलाई आर्थिक रूपमा सक्षम बनाउने मुल उदेश्यले कृषकसँग आवेदन माग गरी आवेदनको आधारमा एक सय आठ जना कृषकहरुलाई ५० प्रतिशत लागत साझेदारीमा ७० जना किसानलाई विद्युतीय पानी तान्ने माेटर र ३८ जना किसानहरुलाई पम्पसेट सेट सहित बितरण गरिएकाे बताईएकाे छ ।समय, श्रम र लागतमा बचत भएपछि उत्पादनमा पनि स्थायित्व र सुनिश्चितता हुने निश्चित भएको प्रतापपुर ३का किसान रामअाश्रे कुशवाहाले बताउनु भयाे ।

Comments