नवलपरासीको गण्डक नहरमा युवक बेपत्ता

सहबान अन्सारी असार १५

नवलपरासीको गण्डक नहरमा  डुबेर एक जना  युवा बेपत्ता भएका छन्। प्रतापपुर गाउँपालिक वडा नं.५ स्थित बैदौली पुलबाट तल खस्दा प्रतापपुर गाँउपालिका वडा नं. ७ सुर्यपुरा बस्ने  सुरेश रौनियारको छोरा अन्दाजी १८ वर्षिय पवन रौनियार  बेपत्ता भएका हुन्।

शनिवार बेलुका बाजारबाट फर्कने क्रममा पुलको रेलिङ्ग भाचिएको हुदाँ अचानक नदिमा खस्न पुगेको     प्रहरीले जनाएको छ।

बेपत्ता रौनियारलाई स्थानिय,नेपाल प्रहरी,सशस्त्र प्रहरीको सहयोगमा खोजी  भएपनि फेला पार्न नसकिएको ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक शिव कुमार क्षेत्रीले बताए।

गण्डक नहरमा पानीको बहाव कम गराएर पुन: खोजी कार्य हुने निरिक्षक क्षेत्रीले बताए ।

Comments