छाेरीहरुकाे बिहेमा सरावल वडा न ७ले११हजार अार्थिक सहयाेग गर्ने :हेयात खा धुनिया
नवलपरासी असार १०
पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा न ७का अध्यक्ष हेयात खा धुनियाले बालबिबाह न्युनिकरण का लागि वडा ले २०बर्ष पुरा गरि बिहे गर्ने छाेेरीहरुलाई ११हजारका दरले अार्थिक सहयाेग प्रदान गर्ने वडा बाट बजेट बिनियाेजन गरिएकाे बताउनु भएकाे छ ।नगरौँ विवाहको कुरा, भएको छैन २० वर्ष पूरा’ भन्दै जिल्लाको सरावल गाउपालिका वडा न ७ले नीति योजना नै बनाएर बालविवाहमुक्त अभियान सञ्चालन गरेकाे अध्यक्ष धुनियाले बताउनु भयाे ।
बालविवाह न्यूनीकरणका लागि बालबालिका अभिभावकबिच जनचेतनामूलक कार्यक्रम,उनीहरूलाई तालिम, बालमैत्री शासन आदि कार्यक्रम सन्चालन गरिने समेत बताउनु भयाे।स्वास्थ्य ,शिक्षा ,खानेपानी, बिजुलीबत्ती ,कृषिउपकरण बितरण ,जनचेतनामूलक कार्यक्रममा सन्चालन गर्दै अाएकाे बताउनु भयाे ।







Comments