प्रतापपुर गाउपालिकाकाे १८अाै गाउ सभा अधिबेशन तथा निति बार्षिक बजेट कार्यक्रम सम्पन्न

 
 
 
नन्दु यादव नवलपरासी असार ८
 
 
 
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गायपालिकाकाे काे १८अाै गाउसभा अधिबेशन तथा नीति बार्षिक बजेट कार्यक्रम सम्पन्न भएकाे छ ।अाज बेलाटारीमा भएकाे गाउँ सभा मा नीति बार्षिक बजेट कार्यक्रम प्रतापपुर गाउपालिका का अध्यक्ष उमेशचन्द्र यादवकाे अध्यक्षता मा भएकाे हाे।
 
 
गाउ सभाबाट कृषि तर्फ: गरिबी निवारण तथा खाद्य सुरक्षा कार्यक्रम सन्चालन गर्ने,कृषि मिटरकाे खपत बिद्युत महशुल पालिकाले ब्यहार्ने,कृषकहरुकाे लागि मलखाद्य बिउबिजन काे ब्यवस्थापन गरिने ,प्रतापपुर १मा रहेकाे चिस्यान केन्द्र सन्चालन मा ल्याउने छ।उद्याेग बाणिज्य तर्फ:पचास लाख भन्दा बढि लगानीकाे उद्याेग स्थापना गर्ने उद्याेगी हरुकाे लागि५बर्ष बराबर प्रतापपुरमा लाग्ने सम्पूर्ण कर छुटदिईने ,लघु उद्यमका कार्यक्रम  सन्चालन गरिनेछ।पर्यटन तर्फ:तालहरुकाे सरक्षण सम्बर्द्धन साैन्दर्यकरण काे प्ररचारप्रसार गरि पर्यटकिय स्थलकाे रुपमा बनाउने ,सहकारी तर्फ:बितिय साक्षरता तथाबितिय काराेबारतथा ब्यवस्थापन सम्बन्धि तालिम प्रदान गररिनेछ ।शिक्षा तर्फ: मा बि स्तरका बिद्यालयहरुमा कक्षा ११र १२सन्चालन गर्ने ,अध्यक्ष शैक्षिक बेरोजगार  सम्बाेधन कार्यक्रम लाई निरन्तरता दिईने ,माध्यमिक बिद्यालयमा प्राबिधिक धारकाे शिक्षा सन्चालन गर्ने ,बिद्यालय प्र अ हरुलाई प्रशासनिक तथा नेतृत्व तालिम प्रदान गर्ने ,स्वास्थ्य तर्फ जगन्नाथपुर अाधारभुत अस्पताल निर्माण सम्पन्न गर्ने,महामारी तथा पुर्व तयारी तथा ब्यवस्थापन तयारि अवस्था मा राख्ने ,महिला स्वयमसेबिका कल्याण काेष  स्थापना गरिने,१हजार भन्दा बढी बिद्यार्थी भएका बिद्यालयमा स्कुल हेल्थ नर्स कार्यक्रम सन्चालन गर्ने  खानेपानी तर्फ: खानेपानी अाेभर हेड टकि निर्माण तथा निर्माण भएकाे टकिलाई सन्चालनमा ल्याउने , खुल्ला दिसामुक्त क्षेत्र भएकाेले यसलाई दिगाे र निरन्तरता दिन विशेष पहल गर्ने ,सरसफाइ समिति गठन  सस्कृति प्रबर्द्धन तर्फ :प्रधानमन्त्री राेजगार कार्यक्रम लाई निरन्तरता दिईने ,मिसन राेजगारी कार्यक्रम सन्चालन गरिने ,राेजगार रणनीति निर्माण गर्ने ,उद्यमशिलता श्रम बजार अध्यन तथा सीप बिकास कार्यक्रम सन्चालन गर्ने ,खेलकुद तर्फ: गाउपालिका रङशाल निर्माण तथा खेलकुद मैदानहरुकाे स्तरउन्नतिमा जाेडदिने ,गाउपालिका अन्तर्गत अध्यक्ष कप खेलकुद प्रतियाेगिता सन्चालन गरिने, लगायत बजेट नीति सर्बसम्मत पारित गरिएकाे प्रतापपुर गाउपालिकाकाे प्रमुख प्रशासकिय अधिकृत अर्जुन चाैधरी ले जानकारी दिनु भयाे ।कार्यक्रम मा प्रतापपुर गाउपालिका कि उपाध्यक्ष मानकुमारी चाैधरीले प्रतापपुर काे समग्र बिकासमा सबैकाे सहकार्य हुन जरुरी रहेकाे बताउनु भयाे ।कार्यक्रम मा बाेल्दै सभाका अध्यक्ष उमेश चन्द्र यादव ले अाफुले निर्वाचनमा गरेका प्रतिबद्धताहरुले पूरा गर्दै गरेकाे बताउनु भयाे ।अझैपनि केही कामहरु बाकि रहेका छन त्याे पनि मेराे कार्यकाल मा पूरा हुने बिश्वास ब्यक्त गर्नु भयाे।प्रतापपुरकाे स्वास्थ्य ,शिक्षा,सडक ,कृषि,लगायतकाे क्षेत्रमा सुधार भएकाे बताउनु भयाे।प्रमुख प्रशासकिय भवन ,विभिन्न स्वास्थ्य चाैकि ,वडा कार्यालयहरु लगायतका ठाेस कामहरु सम्पन्नकाे अन्तिम चरणमा रहेका छाै भने रिङराेड सम्पन्न गरेका छाै।अझै विभिन्न ठाउमा पुल,बिभिन्न वडाका भवनहरु जिर्णअवस्थामा रहेका भवन निर्माण गर्नु पर्ने लगायतका काम हरु बाकि रहेकाले अाफ्नै कार्यकाल मा निर्माण गरि सम्पन्न गरिने प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।अाफु ले निर्वाचन मा गरेकाे प्रतिबद्धता लाई जसरी पनि पूरा गर्ने बताउनु भयाे ।

Comments