गिदहालाई नमुना गाउँ बनाउन वडा अध्यक्ष ऋषिदेव दास द्वारा सडक बत्ती जडान
नन्दु यादव नवलपरासी जेठ ३१
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३मा रहेकाे गिदहा टाेललाई नमुना टाेल बनाउन उज्यालो अभियान कार्यक्रम अन्तर्गत सडक बत्ती जडान गरिएकाे वडा न ३वडा अध्यक्ष ऋषिदेवदासले बताउनु भयाे ।गिदहा टाेलकाे प्रत्येक पाेलमा सडक बत्ति जडान गराई झिलिमिलि पारिएकाे छ ।गिदहा टाेल नमुना टाेल घाेषणा गर्ने अभियानमा यसले सहज हुने बताउनु भयाे ।स्वास्थ्य, शिक्षा,खानेपानी ,सिचाई,बिद्युतिकरण ,सरसफाइ ,सडक ,लगायतकाे पुर्बाधार काे बिकास गर्दै सडकबत्ती पनि जडान गरिएकाे वहाले बताउनु भयाे ।
सडक बत्ती बालेर उदघाटन गर्दै वडा अध्यक्षले सडक बत्ती सञ्चालनमा आएपछि रात्रिकालीन समयमा हुने दुर्घटनामा कमी आउनुका साथै आपराधिक घटना नियन्त्रणमा समेत सहयोग पुग्ने बताउनुभयो।
सडक बत्ती उद्घाटन गरिएसँगै गिदहा टाेलका बासिन्दामा खुसीयाली छाएको छ। “गज्जब लाग्यो रातिको समयमा सडकमा उज्यालो भयो, छुट्टै रौनक छ, अब भने आरामले हिँडडुल गर्न सकिने भयो,” स्थानीय बालचन्द्र यादवले भन्नुभयो। सडक बत्ती ले अहिले गाउँ झिलिमिलि बनेकाे छ ।







Comments