पचफेडाबासी भन्छन :सबै नेता झुठाे अाश्वासन मात्रै दिए तर उमेशचन्द्र यादवले पूरा गरे अाफ्नाे प्रतिबद्धता
नन्दु यादव नवलपरासी जेठ२८
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ४ मा रहेकाे पचफेडा गाउलाई सडक सग जाेडनकाे लागि खजुरा नदिमा अाज एक कार्यक्रम बिच पक्की पुलकाे शिल्यान्यास गरिएकाे छ । खजुरा नदिकाे पारी पचफेडा गाउकाे बस्ति रहेकाे छ ।
हरेक वर्षायाममा खजुरानदिमा उर्लने बाढीले स्थानीयका जनजीवन प्रभाबित पार्दै आएकाले त्यहाँ पुल बनाउन लागेको प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताउनु भयाे। गाउपालिका अध्यक्ष यादवले १ वर्षभित्र बनाइसक्ने गरी पुल निर्माण सुरु भएको बताए।
सिल्यान्यास कार्यक्रममा गाउपालिका अध्यक्ष यादवले खजुरा नदिमामा पुल नहुदा प्रत्येक बर्ष पचफेडाका जनताले बाढीको चपेटा सहदै आउँँनु परेको हुनाले सो समस्याबाट जनतालाई मुक्त गर्न पक्की पुल बनाउन लागेको बताए। पुलको अभावमा विद्यालय पढ्न आउजाउ गर्ने बालबालिकालाई बाढीले अवरोध गर्नुका साथै ज्यानसमेत लिने गरेको स्थानीय बताउँछन्।अध्यक्ष यादवले प्रतापपपुर गाउपालिकालाई भौतिक पुर्वाधार संरचनालगायत हरेक तवरले विकसित गर्दै समृद्ध गाउपालिका बनाउने योजनाका साथ आफु अघि बढेको बताए।
गाउपालिकाको विकासमा साथ र सहयोग गर्न पनि उनले सम्पूर्ण गाउबासी तथा सरोकारवालाहरुलाई आग्रह गरे। विकास निर्माण भन्ने कुरा एक्लैबाट संभव नहुने भएकाले सबैको साथ चाहिने उनको आग्रह थियो। ‘म प्रतापपुरलाई समृद्ध, सभ्य, व्यवस्थित र समुन्नत गाउपालिका बनाउन चाहन्छुु अध्यक्ष यादवकाे अनुरोध थियो ।तर, त्यसका लागि म एक्लैबाट संभव हुन्न, त्यसैले तपाईहरु सबैको साथ सहयोगको अपेक्षा गर्दछु।शिलान्यास कार्यक्रममा मा प्रतापपुर गाउउपालिकाकि उपाध्यक्ष मानकुमारी चाैधरी प्रमुख प्रशासकिय अधिकृत अर्जुन प्रसाद चाैधरी ,वडा न ४का वडा अध्यक्ष जन्त्री प्रसाद बरई ,वडा न ३का वडा अध्यक्ष रिसिदेव दास पटेल ,स्थानीय , जनप्रतिनिधि ,पत्रकार लगायतकाे सहभागिता रहेकाे थियाे ।पुल सिल्यान्यास भएपछि स्थानीयहरुमा खुसियाली छाएकाे पचफेडका रामबली राजभरले बताउनु भयाे । विभिन्न समयकाे निर्वाचन नजिकिए पछि नेताहरु धेरै चुनावी सपनाकाे एजेन्डा देखाएर निर्वाचन जिते तर ती झुठा एजेन्डा मा मात्रै सिमित रहे ।यश क्षेत्रका धेरै नेताहरुहरुले गाउमा अाएर लामाे लामाे भाषण दिएर गए कि पुल बनाईदिन्छु भनेर तर काेहि पनि बनाउन सकेन अहिले अाएर प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले मात्रै अाफ्नाे बाचा पूरा गरेकाे राजभरले दाबि गर्नु भयाे ।उता स्थानिय अाेमप्रकाश ठाकुरले बिगत लामाे समयदेखि यश क्षेत्रमा राजनीति गर्दै अाएका जनप्रतिनिधि हरुले खाेक्राे भाषणमा मात्रै सिमित रहे तर उमेशबाबुले हाम्राे चाेटमा मलहम लगाउन सफल रहेकाे धन्यबाद समेत ब्यक्त गरे ।
१कराेड ४०लाख खर्च गर्नेगरी पुल बनाउने ठेक्का लागेको अध्यक्ष यादवले बताए। उनका अनुसार ५०फिट लामो र ५मिटर चाैडाई स्पानको पुल निर्माणको जिम्मा ईश्वर त्रिरत्न जेबी कम्पनी ले पाएको छ। १ वर्षभित्र अर्थात आगामी२०८३ असार मसान्त भित्र सम्पन्न गर्ने सम्झौता भएको हाे ।







Comments