तत्काल शुल्क फिर्ता र निर्णयकाे प्रतिलिपि सार्बजनिक गरिनुपर्ने माग :ने.बि.सघ

जेठ ३नवलपरासी 

केहि दिन अगाडि प्रतापपुर गाउपालिकाले  शिक्षा शुधार तथा शिक्षा प्रति रुचि बढाउनकाे लागि स्नातक प्रथम तहमा अध्यनरत छात्राहरुलाई निशुल्क साईकल बितरण गरेकाे मा गाउपालिका ,कार्यपालिका लगायत सबैमा उच्च सम्मान तथा हार्दिक अाभार प्रकट नेपाल बिद्यार्थी सघ त्रिभुवन क्याम्पस ईकाई समितिले गर्दै मनाेमानी रुपमा उठाएकाे रकमकाे घाेर अापति समेत जनाएकाे छ।

 

७वर्ष पूर्व हुँदै नभएको निर्णयलाई आधार मानी सिफारिस बापत ५०० शुल्क विद्यार्थीबाट असुल गरेकोमा नेपाल बिधार्थी सघले अापति प्रकट गर्दै  यथासिघ्र उक्त रकम  विद्यार्थीहरुलाई फिर्ता गर्न जोडदार माग गरिएकाे ने. बि. सघ का ईकाई सभापति ब्यासमुनी कुशवाहाद्वारा हस्ताक्षरित बिज्ञप्तीमा उल्लेख गरिएकाे छ । बिना निर्णय अनुसार लिएकाे शुल्ककाे निर्णयकाे प्रमाणिति प्रतिलिपि सार्बजनिक गर्न माग समेत गरिएकाे छ ।साथै QAA सम्बन्ध मा क्याम्पस ले अाधारहिन तथ्य सम्बन्धनका लागि बिश्वबिद्धालय अनुदान अायाेगमा गलत बिबरण अाफैले भर्ने अनि अन्य सस्थालाई दाेष देखाई पानी माथि अाेभानाे बन्ने कार्यलाई तुरुन्त बन्द गर्न बिज्ञ्यपतिमा उल्लेख गरिएकाे छ । QAA प्राप्ती नभए साे काे सम्पुर्ण जिम्मेवारी बर्तमान क्याम्पस प्रमुख र प्रशासन हुने यसै बिज्ञप्ती द्वारा जानकारी गराईन्छ भन्ने बिज्ञप्तीमा उल्लेख गरिएकाे छ।

Comments