राष्ट्रिय सरसफाई सप्ताह २०८२ अवसरमा बर्दघाटमा वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न

पप्पु रेग्मी, बर्दघाट,  

राष्ट्रिय सरसफाई सप्ताह २०८२ तथा विश्व वातावरण दिवसको अवसरमा बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था, बर्दघाट–४ को आयोजनामा वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम संस्थाकाे कार्यालय परिसरमा आयोजना गरिएको हाे ।

कार्यक्रममा सरसफाईको महत्त्व, वातावरण संरक्षणको आवश्यकता तथा वृक्षारोपण जस्ता गतिविधिहरूले समुदायमा पर्ने सकारात्मक प्रभावमाथि जोड दिइएको थियो । सहभागी वक्ताहरूले हरियाली वातावरण निर्माणका लागि यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रममा बर्दघाट नगरपालिकाका पूर्व नगर प्रमुख धिरज शर्मा बस्याल, बर्दघाट नगर पालिकाका उप–प्रमुख रूद्र प्रकाश उपाध्याय, बर्दघाट प्रेस क्लबका अध्यक्ष कृष्ण ढकाल, उपभोक्ता महासंघ जिल्ला अध्यक्ष देवी दत्त सापकोटा, उद्योग वाणिज्य संघ बर्दघाटका वरिष्ठ उपाध्यक्ष तारा गौतम, वडा नं. ४ का वडा अध्यक्ष वेदविना तिवारी तथा पारिजात सामुदायिक वनका अध्यक्ष राज बहादुर पाण्डे लगायतले सरसफाई र वातावरण संरक्षण सम्बन्धी मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने वृक्षारोपणको माध्यमबाट वातावरणीय सन्देश प्रवाह गरिएको आयोजक संस्थाले जनाएको छ ।

Comments