बर्दघाटमा एक दिवसीय निःशुल्क कृषि तालिम सम्पन्न

पप्पु रेग्मी, बर्दघाट, १४ जेठ —

बर्दघाट नगरपालिका–४ स्थित उद्योग वाणिज्य संघ बर्दघाटको आयोजनामा तथा बर्दघाट नगर स्तरीय कृषक सञ्जालको समन्वयमा एक दिवसीय निःशुल्क कृषि तालिम सम्पन्न भएको छ। तालिम उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गरिएको थियो।

कार्यक्रम उद्योग वाणिज्य संघ बर्दघाटका अध्यक्ष लेखनाथ न्यौपानेको अध्यक्षता र बर्दघाट नगरपालिकाका उप–प्रमुख रूद्र प्रकाश उपाध्यायको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । बर्दघाट नगर पालिकाका उप–प्रमुख उपाध्यायले नगरपालिकाले कृषि तथा पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकता दिइरहेको जानकारी गराउँदै, सुरु गरिएको कृषि बजार केही कारणले बन्द गर्नु परेको उल्लेख गर्नुभयाे ।

 

तालिममा प्रशासकीय अधिकृत प्रकाश खनाल, पशुपंक्षी शाखा प्रमुख भरत लम्साल, कृषि शाखा अधिकृत नबिन ढकाल, कृषि विज्ञ डा. केदार बुढाथोकी, तथा उद्योग वाणिज्य संघका महासचिव गंगा पाठकलगायत वक्ताहरूले कृषकहरूको समस्या र समाधानका विषयमा प्रष्ट विचार राखेका थिए।

सहभागी कृषकहरूले कृषककाे व्यावहारिक समस्याहरू प्रस्तुत गर्दै समाधानका लागि सहकार्य अपरिहार्य रहेको धारणा राखे । आयोजकका अनुसार तालिमले कृषकहरूलाई जानकारीमूलक सामग्री प्रदान गर्नुका साथै व्यावसायिक प्रेरणा दिन सफल भएको छ। तालिमकाे सहजीकरण कृषि विज्ञ डा. केदार बुढाथोकीले गर्नुभएको थियो ।

Comments