सुस्ताकाे सेखुवानामा भिषण अागलागि ३घर जलेर नस्ट
नन्दु यादव जेठ११
पश्चिम नवलपरासी जिल्लाकाे सुस्ता गाउपालिका वडा न ३सेखुवानामा भिषण अागलागि हुदा तीन घर जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय बेलाटारी ले जनाएको छ । ।अाज दिउसाे आगलागी हुदा स्थानीय मक्सुदिन राजभर,नाैकि नेटुवा,बिकाउ नेटुवाकाे घर जलेर पुर्णरुपमा नष्ट भएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक शिव कुमार क्षेत्रीकाे कमान्ड मा गएकाे प्रहरी टाेली , दमकल,र स्थानीय वासिन्दाहरुकाे सकृयतामा आगलागी नियन्त्रण भएकाे बताईएकाे छ ।
अागलागिबाट लत्ताकपडा, खाद्यान्नबस्तु जलि लाखाै काे क्षति भएकाे छ।खडेरी सुरु भए सङै हावाहुरी चल्दा जिल्लामा बर्सेनि अागलागिका घटना हुने गर्दछन ।







Comments