सशस्त्र प्रहरी बल नेपाल नं.२६ गणले मनायो स्थापना दिवस
नन्दु यादव नवलपरासी जेठ २
सशस्त्र प्रहरी बल, नेपाल नं. २६ गण हे.क्वा. पश्चिम नवलपरासी ले आफ्नो १८ औं स्थापना दिवस भब्य रुपमा मनाएको छ । स्थापना दिवसको अवसरमा गणमा आयोजित विशेष कार्यक्रमको सशस्त्र प्रहरी बल, नेपाल नं. ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय, रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपेन्द्र कुवँरले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै डीआईजी कुवँरले नयाँ प्रविधिलाई अनुसरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । उनले आम नागरिक, अन्य सरोकारवाला निकायको साथ, सहयोग र समन्वयको भूमिका रहने बताए । ‘हाम्रो सेवा प्रवाहबाट जनमानसमा छाउने खुसीसँगै उहाँहरुले पाउने सन्तुष्टी नै हाम्रा लागि सफलताको सूचक हुन् एवं व्यवसायिक जिम्मेवारी र कर्तव्यको प्रतिफल पनि हुन्, ’उनले भने ।
डीआईजी कुवँरले जनताको मन जित्न आ–आफ्नो तह र तप्काबाट हरेक जिम्मेवारीमा रहनुभएका कर्मचारीहरुले आफूलाई अब्बल सावित गर्न र निरन्तर क्रियाशील हुनुपर्ने बताए । आफ्ना व्यक्तिगत स्वार्थ, आग्रह र पूर्वाग्रहलाई थाती राख्दै संगठन विकासको एउटै लक्ष्यका साथ अगाडि बढ्नुपर्ने आजको आवश्यकतालाई गम्भिरतापूर्वक मनन गर्नुपर्नेमा उनले जोड दिए ।
त्यस्तै जिल्ला समन्वय समिति नवलपरासी प्रमुख भगाैति यादवले बोली भन्दा काममा विश्वास गरेर सशस्त्र प्रहरीले काम गर्दै आएको बताए।सशस्त्र प्रहरीले सिमामा दिनरात नभनि खटिरहेका छन जनताकाे जिवधन काे सुरक्षा मा अब्बल मान्दै अाएकाे सशस्त्र प्रहरीबलकाे सिमा नाकामा उपस्थिति ले यश क्षेत्रका जनताहरु चयनकाे निन्द्रामा सुत्न पायका छन ।प्राकृतिक अापतबिपत मा पनि सशस्त्र प्रहरी निकै सक्रियता का साथ अाफ्नाे दायित्व पूरा गर्दै अाएकाे बताउनु भयाे ।
नवलपरासीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेगमीले जनताले सशस्त्र प्रहरीबाट अपेक्षा गरेका कुराहरु प्राप्त गरेका छन् वा छैनन् भन्ने विषय महत्वपूर्ण रहेको बताए । उनले भने–‘हामीलाई तोकिएको जिम्मेवारीप्रति कत्तिको उत्तरदायी छौं, त्यो महत्वपूर्ण कुरा हो।सशस्त्र प्रहरीले जनतालाई सहजता महशुस हुने गरि सेवा प्रवाह गर्नुपर्ने बताउनु भयाे ।सशस्त्र प्रहरी बलमा जनशक्ति कमि तथा साधन स्राेत काे कमि रहेकाेले काम गर्न असहजता भएकाे बताउनु भयाे । खुल्ला सिमानाका कारण प्रयाप्त स्राेत साधन नहुदा चाेरी पैठारी नियन्त्रण गर्न समस्या भईरहेकाे बताउनु भयाे ।
सशस्त्र प्रहरी बल, नेपाल नं. २६ गण हे.क्वा.का गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सन्ताेष रायमाझीले सशस्त्र प्रहरीले सीमा सुरक्षा, राजस्व संकलनमा सहयोग, लागूऔषध तथा चोरी तस्करी नियन्त्रण, विपद् व्यवस्थापन लगायतका कार्य गर्दै आएको बताए । उनले आफूले पाएको जिम्मेवारी अनुसार सशस्त्र प्रहरीले कार्यसम्पादन गर्दै आएको बताए । सशस्त्र प्रहरीले सामाजिक कार्य पनि गर्दै आएको उनको भनाइ छ ।
कार्यक्रममा उत्कृष्ट कार्य गरेको ,भलिबल प्रतियोगिता, हाजिरीजवाफ र दौड प्रतियोगितामा विजयी सशस्त्र प्रहरी कर्मचारीहरुलाई सम्मानपत्र तथा पुरस्कार वितरण गरिएको थियो ।







Comments