महिलाहरुकाे हकअधिकार काे लडाई सधै लडिरहन्छु:केन्द्रीय सदस्य शारदा चाैधरी

नन्दु यादव नवलपरासी
बैशाख२३
 
जनमत पार्टी कि केन्द्रीय सदस्य महिला नेतृ शारदा चाैधरीले अाफुले राजनिती मा अाउनुकाे मुख्य लक्ष्य नै महिलाहरुकाे हक अधिकार प्राप्त गर्नकै लागि राजनितिमा हाेमिएकाे बताउनु भएकाे छ ।म राजनिती मा अाई रहदा महिलाहरुकाे हकअधिकार काे लडाई सधै लडिरहने बताउनु भएकाे छ।
 
चाैधरी जनता बिच सरल र सहज तरिकाले लामाे समय देखि सामाजिकरुपमा बिभिन्न कार्य गर्दै अाउनु भएकाे छ ।विभिन्न सघसस्थामा सक्रियरहि  देशलाई सहि दिशा तर्फ डाेर्यानु पर्छ भन्दै पछिल्लो समय राजनीति तर्फ अग्रसर हुदै अाफुलाई ईमानदार जुझारु राजनितिक नेतृ काे रुपमा पहिचान दिलाउन सफल भएकि महिला हुन।चाैधरी  दिन रात नभनि सधै जनताकाे सेवामा समर्पित रहदै अाउनु भएकाे छ ।नवलपरासीमा राजनितीक तर्फ महिला नेतृ प्रस्ट बक्ताकाे रुपमा वहाँकाे अाफ्नाे छुट्टै पहिचान रहेकाे छ।ग्रामीण क्षेत्रबाट राजनिती सुरु गरि जनमतपार्टी काे विभिन्न पद रहदै अहिले केन्द्रीय सदस्य सम्म पुग्न सफल भएकि एक सफल महिलाकाे रुपमा वहाकाे पहिचान स्थापित भएकाे छ   ।
 
विभिन्न समयकाे अान्दाेलन बाट  महिलाको राजनीतिक तथा सार्वजनिक क्षेत्रमा उल्लेखनीय सहभागिता वृद्धि भएको छ । शिक्षा, स्वास्थ्य र रोजगारीमा पहुँच बढेको छ भने आर्थिक स्रोतमा स्वामित्व वृद्धि भएको छ । यद्दपि सम्पूर्ण महिलाहरूले समानरूपमा उल्लेखित अवसर र प्रतिफल प्राप्त अझै सम्म पनि गरेका छैनन् वहाकाे भनाई रहेकाे छ।
 
महिलाको विकासका लागि सबै संविधानले उत्साहजनक व्यवस्था गरे पनि विकासका मूलधारमा धेरै महिला पछाडि परेका छन् । उनीहरूको पहिचान, पहुँच, प्रतिनिधित्वको अर्थपूर्ण सुनिश्चितता हुन सकिरहेको छैन । महिलाहरूको उपस्थितिलाई कानुनीरूपमा मान्यता प्रदान गरिए पनि समाजमा पुरूष तथा महिलाको भुमिका, कार्यव्यवहार, अधिकार आदि परम्परादेखि नै सीमाङ्कीत छन् lयी बिसङति हरुकाे बिरुद्ध मा राजनिति यात्रा सुरुगरेकाे वहाले बताउनु भयाे ।अब गाउगाउबाट महिलाहरुकाे नेतृत्व क्षमता बिकास गराई राज्यले ब्यवस्था गरेकाे महिलाहरुकाे हकअधिकारलाई कार्यान्वयन तर्फ लैजाने अाफु ग्रासरुटबाट नै महिलाहरुमा जनचेतना जगाउदै अगाडि बढने लक्ष्य लिएकाे बताउनु भयाे।

Comments