प्रतापपुर वडा न १ कार्यालयकाे नवनिर्मित भवनकाे उदघाटन

नन्दु यादव बैशाख१७ नवलपरासी 
 
प्रतापपपुर गाउपालिका वडा  न १काे नवनिर्मित भवनकाे अाज उदघाटन  गरिएकाे छ ।वडा न १मा वडा अध्यक्ष महेन्द्र बहादुर चाैधरी काे अध्यक्षता तथा प्रतापपुर गाउपालिका का अध्यक्ष उमेशचन्द्र यादवकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।
 
प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्रले वडा कार्यालय भवनकाे उद्घाटन गर्नुभएको हाे।भवनको उदघाटन गर्दै अध्यक्ष यादवले वडा कार्यालय व्यवस्थित नभएसम्म वडा तहको कार्य सम्पादन व्यवस्थित हुन नसक्ने बताउनुभयो । नवनिर्मित वडा कार्यालयको भवनबाट सेवाग्राहीले सहज रुपमा सेवा प्राप्त गर्ने र भवनको पूर्ण सदुपयोग हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
 
हामिले चुनावमा गरेकाे एउटा  महत्त्वपूर्ण  प्रतिबद्धता  पुरागरेका छाै। चुनावकाे बेला प्रमुख प्रशासकिय भवन र जिर्ण रहेकाे वडा भवनहरु वनाउछु भनेर  प्रतिबद्धता गरेका थियौं जुन पूरा गरियाे अध्यक्ष यादवले भन्नुभयो ।अबकाे केही दिनमा प्रमुख प्रशासकियय भवन पनि उदघाटन गर्ने तयारीमा रहेका छाै वहाले भन्नू भयाे। यसै गरि शुक्रबार वडा न ५काे भवन उदघाटन हुने छ भने वडा न ३र४काे वडा कार्यालयकाे अब केही दिनमा निर्माण का लागि शिलान्यास कार्यक्रम हुने वहाले बताउनु भयाे ।


नागरिकलाई सेवा प्रवाह गर्ने नजिकको सरकार वडा कार्यालय भएको बताउँदै वडाबाट दिइने सेवाहरू जति व्यवस्थित तरिकाले दिन सक्यो त्यति नै नेपालको सविंधान कार्यन्वयन भएको नागरिकहरूले अनुभुति गर्ने समेत यादवले बताउनुभयो ।

 
भवन उद्घाटन कार्यक्रममा बाेल्दै प्रतापपपुर गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी चाैधरीलेले वडा कार्यालय भवन निर्माणसँगै नागरिकले सहज रूपमा सेवा पाउने विश्वास व्यक्त गर्नुभयो ।
 
वडा नम्बर ३ का वडा अध्यक्ष ऋषिदेव दासले वडा कार्यालय भवन निर्माणका लागि सहयोग र समन्वय गर्ने सबैलाई धन्यवाद दिए। भवन उद्घाटन कार्यक्रम प्रतापपुर गाउँपालिका प्रमुख प्रशासकीय अर्जुन चाैधरीले व्यवस्थित वडा कार्यालय भवन निर्माण भएको छ, यसले कर्मचारी र सेवाग्राही सबैलाई सहजसँगै सेवा प्रभावकारी बन्ने र स्थानीय तहबाटै व्यवस्थीत सेवा प्रवाहमा सहज हुने
 
वडा न२का वडा अध्यक्ष रामनरेश अहिर वडा न ५का रमेश कानु बनियालगायत ,विभिन्न राजनीति दलका प्रतिनिधि , स्थानीय नागरिक हरुकाे सहभागिता रहेकाे थियाे ।

Comments