नवलपरासीमा चितुवाको आक्रमण ४ जना घाईते

सहबान अन्सारी

नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.६ मा  चितुवाले आक्रमण गर्दा ४ जना घाईते भएका छन् ।

शुक्रवार बिहान गुठी परसौनी स्थित केरा खेतमा काम बेला वडा नं.६ बस्ने रघुविर केवटलाई आक्रमण गरेको हो। 

केही समय पछि  चितुवाले प्रेमलाल कोईरी,प्रेमलाल कोईरी र सुस्ता गाउँपालिका वडा नं.५ बस्ने मोहम्मद मियाँलाई  आक्रमणमा परि घाईते भएका छन।नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.६ मा  चितुवाले आक्रमण गर्दा ४ जना घाईते भएका छन् ।

घाईतेहरुको अनुहार, ढाड र टाउकाेमा चाेट पुगेकाे छ ।

चितुवाको आक्रमणमा परि घाईते भएकाहरुको  परासीमा उपचार पश्चात् घर फर्केको बताईएको छ।

चितुवालाई स्थानीयवासी, असई हरि कुवंरकाे नेतृत्वकाे प्रहरी र वनकाे टाेलीले नियन्त्रणमा लिने प्रयास भईरहेको गुठी परसौनी प्रहरी चोकी ईन्चार्ज हरि कुवँरले बताए।

Comments