सरावल गाउपालिका वडा न ७द्वारा मिनि दमकल सन्चालन
नन्दु यादव नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा न ७ भुजहवा काे कार्यालयले मिनि दमकल सन्चालन मा ल्याएकाे छ ।वडा कार्यालयबाट बिनियाेजित ८लाख ५०हजारमा साे मिनि दमकल सन्चालनमा ल्याईएकाे छ ।दमकलआपतकालीन मानवीय सेवा प्रवाह गर्ने महत्वपूर्ण सवारी साधन हो । आगलागी र उद्धार कार्यमा प्रत्येक सेकेण्डको भूमिका महत्वपूर्ण हुन्छ । एक सेकेण्ड अघि गएर गरेको उद्धारले ठूलो क्षति रोक्न सक्छ भन्ने लक्ष्यका साथ दमकल सन्चालमा ल्याईएकाे सरावल गाउपालिका वडा न ७का वडाअध्यक्ष हेयात खा धुनियाले बताउनु भयाे ।बिगत दिनमा भाेग्दै अाएकाे समस्या लाई समाधान गर्ने लक्ष्यका साथ दमकल सन्चालनमा ल्याएका छाै।किन भने याे क्षेत्रमा दमकल नहुदा सदरमुकाम परासी तथा बर्टदघाट क्षेत्ररबाट अाउदा अाउदै अागलागिबाट लाखाैकाे धनजन काे क्षति हुँदै अाएकाे थियाे समयमै पुग्न नसकेपछि लाखाैकाे धनजनको क्षति ब्यहाेर्दै अाएकाेले मिनि दमकल सन्चालन पछि अब सहज हुने अपेक्षा लिएकाे वहाले बताउनु भयाे।अब यश क्षेत्र का जनताहरुले अागलागिबाट क्षति बेहाेर्न नपर्ने बताउनु भयाे ।दमकल किन्दा कराेडाै खर्च हुने र कर्मचारी राख्नुपर्ने झन्झटले याे मिनि दमकल तयार गरि कम खर्चमा काम गर्न सहज भएकाे महशुस गरेकाे अध्यक्ष धुनियाले बताउनु भयाे ।
आपतकालीन अवस्थामा अग्नि नियन्त्रण तथा उद्धार गर्ने सवारी साधन मिनि दमकल ले आगलागी नियन्त्रण तथा उद्धारका लागि आवश्यक पर्ने विभिन्न यन्त्र, उपकरण, र केमिकलसहितका सामग्री राखिएकाे वडा अध्यक्ष धुनियाले बताउनु भयाे । याे मिनि दमकल लेभुजहवा,रामपुरखडाैना,महेशपुर ,ठुलाेखैरटवा ,सेमरी,गुठिसुर्यपुरा लगायत काे क्षेत्रमा अग्नि नियन्त्रणमा सहजता हुने बिश्वास लिएकाे बताउनु भयाे ।







Comments