सशस्त्र प्रहरीका जवानले गरे सुस्ता आगलागि पिडितलाई आर्थिक सहयोग

रबिन्द्र यादव / पश्चिम नवलपरासी 

२४ चैत

सशस्त्र प्रहरी बल नेपालका भुतपुर्व कर्मचारी रामराजा मल्लले पश्चिम नवलपरासी जिल्लाको सुस्तागाउपालिकाका अग्नि पीडित हरुलाई २५ हजार नगद सहयोग गरेका छन । उक्त सहयोग रकम मल्लले सो घटनाका पिडितको लागि २५ हजार पिडितका एक सदस्य इद्रिश अलि अन्सारीलाई एकमुष्ट  हस्तान्तरण गरेका हुन।

नगद हस्तान्तरण पछि मल्लले घटना बारे आफुले विभिन्न समाजिक संजाल र सन्चारमाध्यम बाट जानकारी पाएर तुरुन्तै घटनास्थलमा पुगेको उनले बताए । मानबीय सम्बेदनामा सहयोग गर्नु पर्ने आफ्नो दायित्व बोध गरेकाले सहयोग गरेको बताए ।

सहयोग बाफतको रकम बुझ्दै पिडित अन्सारीले यस बिपतको घडीमा रामराजा मल्लले गर्नु भएको सहयोग ठुलो रहेको बताए । साँथै,मल्लले आगलागी बाट पिडितहरु चिसोको समयमा त्रिपालमुनि बसिरहेका र खाद्यान्न,लत्ताकपडा लगायतको समस्या भएकाले सम्पुर्ण निकाय सँग सहयोगका लागि अपिल गरे ।

शुक्रबार जिल्लाको सुस्ता गाउँपालिका-३ सेखुहनवा मा विधुतिय बक्स मिटर सर्टसर्किटबाट आगलागि भई पाच जना दाजुभाइको सम्पूर्ण लत्ताकपडा,अन्न, महत्त्वपूर्ण कागजपत्र, नगद सहित जलेर नष्ट भएको थियो । साथै तीन जना गम्भीर घाइते भएका थिए,उनिहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Comments