पशुपति शिक्षा मन्दिर भुजहवाकाे बार्षिक उत्सव तथा अभिभावक सम्मेलन कार्यक्रम सम्पन्न

नन्दु यादव नवलपरासी 

पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउपालिका वडा न ७मा रहेकाे पशुपति शिक्षा मन्दिर भुजहवाकाे ३१बार्षिक उत्सव तथा अभिभावक सम्मेलन कार्यक्रम सम्पन्न भएकाे छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष झिन्कु सिह काे अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य बिश्व प्रेम पाठक काे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे ।कार्यक्रममा गाेबिन्द हरिजन, बिरेन्द्र कुमार बर्मा, मनाेज बिक , सरावल वडा न ७का वडाअध्यक्ष हेयात खा धुनिया, लगायतले शुभकामना मनतब्य ब्यक्त गर्नु भएकाे थियाे।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि पाठकले ले शिक्षालाई ब्यवसायिक शिक्षा बनाउनु पर्ने कुरामा जाेडदिनु भयाे। अब बजारअनुसार प्राबिधिक शिक्षा काे पाठ्यक्रम तयार गर्न  अावश्यक रहेकाे  बताउनु भयाे। बजारकाे माग अनुसार पढाइ सुरु गरिनु पर्ने अावश्यक रहेकाे  कुरामा जाेडदिनु भयाे ।कार्यक्रम सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएकाे थियाे ।कार्यक्रम लाई बिद्यालयकाे प्राधानाध्यापक रामअाश्रे बरईले सन्चालन गर्नु भएकाे थियाे ।

Comments