ग्लाेबल अाईएमई लघुबित सस्था लि.शाखा सेमरीकाे अायाेजनामा बित्तिय साक्षरता कार्यक्रम सम्पन्न
नन्दु यादव माघ२६ नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न २गाेपिगन्जमा रहेकाे ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय सेमरीको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएकाे छ।संस्थाकि सदस्य अनिता कुमारी कोइरी को सभापतित्व तथा प्रतापुपुर गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । कार्यक्रम मा संस्था्को प्रदेश प्रमुख बसन्त सुबेदी ,अनुगमन अधिकृत लोकनाथ कुबर योगि , ग्लोबल आइएमई बैकं शाखा कार्यालय प्रतापपुरका शाखा प्रबन्धक सन्तोस पन्त , संस्थाको सुक्रौली शाखाका प्रमुख बालकृष्ण बस्याल ,भुताहा शाखाका प्रमुख चिन्तामणि ज्ञवाली को लगायत बाेल्नु भएकाे थियाे ।कार्यक्रम मा बिभिन्न शाखाका कर्मचारी र यस सस्थामा आबद्ध १५० सदस्य महिला दिदीबहीनीहरु र स्थानीय भद्रभलादमीहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियोे। लोकनाथ योगीको स्वागत मन्तब्यबाट सुरू भएको कार्यक्रममा प्रतापपुर गा.पा अध्यक्ष उमेशचन्द्र यादव कार्यक्रममा बोल्दै ग्लोबल आइएमई लघुवित्तले गरिबी निवारणमा महत्वपुर्ण भुमिका खेलेको बताउनु भयो । प्रदेश प्रमुख बसन्त सुबेदीले ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लि. ले वित्तीय कारोबार मात्र नभइ सामाजिक कार्य समेत गर्ने गरेको साथै हाल यस सस्थाले १ सय २१ वटा शाखा कार्यालयहरुबाट १ लाख ५४ हजार भन्दा बढी सदस्यहरु लाई वित्तिय सेवा प्रदान गरेको बताउनुभयो । कार्यक्रममा अनुगमन अधिकृत लोकनाथ योगीले स्थानिय भोजपुरी भाषामा वित्तीय स्रोतहरूको सही व्यवस्थापन, बचत, लगानी, ऋण, बीमा, कर, तथा बजेटिङको उचित ज्ञान र प्रयोग गर्ने तरिका र उद्यमशीलता तथा व्यवसाय विकासमा सहायता,कर्जाको ब्यवस्थापनको बारेमा प्रशिक्षण दिनुभएको थियो ।कार्यक्रम लाई ग्लाेब अाईएमई लघुबित्त बित्तिय सस्था सेमरी का प्रमुख सुमन अर्याल ले सन्चालन गर्नु भएकाे थियाे ।







Comments