नेपाली कान्ग्रेस प्रतापपुर वडा न ३काे अन्तरक्रिया कार्यक्रम सम्पन्न

 माघ२५ नवलपरासी 

 
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ३मा नेपाली कान्ग्रेसले अन्तरक्रिया कार्यक्रम सम्पन्न  गरेकाे छ।कार्यक्रम मा  क्रियासिल सदस्य लाई नबिरकरण तथा  नया क्रियासिल सदस्य थप गर्ने बारे छलफल भएकाे हाे  । नेपाली कान्ग्रेस वडा न ३का सभापति ऋषिदेव दास पटेलकाे अध्यक्ष्यता तथा लुम्बिनी प्रदेशका बन तथा बाताबरण मन्त्री देवकरण कलवार काे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे।कार्यक्रम मा रबिस यादवले स्वागत मन्त्ब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रम मा प्रतिनिधि सभा १कान्ग्रेस सभापति मुकुल कुमार अाचार्य ,प्रतापपुर गाउपालिका उपाध्यक्ष मानकुमारी चाैधरी , प्रतापपुर गाउपालिका अध्यक्ष उमेशचन्द्र यादव ,लगायतले बाेल्नु भएकाे थियाे ।कार्यक्रममा बाेल्दै प्रमुख अतिथि कलवारले सबै कार्यकता एकजुट भई पार्टी लाई अझ सशक्त बनाउने कुरामा जाेडदिनु भयाे । देश काे हरेकक्षेत्र बिकास गर्न कान्ग्रेसले मात्रै गर्ने भएकाले  हरेक घरमा कान्ग्रेस ले गरेकाे गतिविधि बारे जानकारी गराउनुपर्ने अावश्यक रहेकाे बताउनु भयाे।कार्यक्रम लाई रामप्रसाद जाेशी ले सन्चालन गरेका थिए।

Comments