जेष्ठ नागरिक तथा अपांग भएका ब्यक्तिहरुलाई सम्मान कार्यक्रम
नन्दु यादव नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे सुस्ता गाउपालिका वडा न ३ले अाज जेष्ठ नागरिक तथा अपाङ भएका ब्यक्ति हरुलाई सम्मान गरेकाे छ।चिसाेबाट बचाउनकाे लागि अाज सुस्ता गाउपालिका वडा न ३का अध्यक्ष हरिलाल दुषाध वडा भित्र रहेका बिभिन्न टाेलमा बसाेबास गर्ने ५७०जना जेष्ठ नागरिक तथा अपाङहरुलाई सम्मान स्वरुप कम्बल तथा लठ्ठी बितरण गर्नु भएकाे हाे। शितलहरबाट बच्नकाे लागि कम्बल बितरण कार्यक्रम सुरु गरिएकाे हाे ।वडा भित्र रहेका जेष्ठ नागरिक तथा पुर्णरुपमा अपाङभएका ब्यक्तिहरुलाई कम्बल बितरण गरिएकाे वडा अध्यक्ष हरिलाल दुसाधले बताउनु भयाे ।हामिले शितलहरबाट प्रभावित ज्येष्ठ नागरिकलाई न्यानो वितरण अभियान अन्तर्गत कम्बल बितरण गरिएकाे बताउनु भयाे । ।“कम्बल वितरण ज्येष्ठ नागरिक तथा अपांगहरुलाई लक्षित गरेर वडाबाट उपलब्ध गराइएको हो । अाफु निर्वाचित भएर अाएपछि यसलाई अभियानका रूपमा सन्चालन गरेकाे बताउनु भयाे ।हरेक बर्ष बितरण कार्यक्रम गर्दै अाएकाे बताउनु भयाे ।कार्यक्रममा स्थानीय बुध्दजिबि ,जनप्रतिनिधि तथा पत्रकार हरुकाे उपस्थिति रहेकाे थियाे ।







Comments