७२अाै बिश्व कुष्ठराेग दिवस मनाईयाे

नन्दु यादव माघ१३ नवलपरासी 

पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका बेलाटारीमा अाज ७२अाै बिश्व कुष्ठराेग दिवस विभिन्न कार्यक्रम गरि मनाईएकाे छ ।वडा न ९का वडा अध्यक्ष जयकिशुन चाैधरीकाे अध्यक्षता कार्यक्रम सम्पन्न भएकाे हाे । 

 

कार्यक्रम मा प्रतापपुर स्वास्थ्य शाखा प्रमुख मन्ताेष कुशवाहाले कुष्ठाेराेग सम्बन्धि सचेतना मुलक प्रशिक्षण गर्नु भएकाे थियाे ।समुदायस्तरमा संक्रमण फैलने क्रम जारी नै रहेको छ । स्थानीयस्तरमा नै यस रोगका बारेमा सचेतना पु¥याउनु पर्ने तथा कुष्ठप्रभावितहरु प्रति हुने हेलाँ, घृणा तथा तिरस्कारजन्य व्यवहारको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।

 

कार्यक्रममा द लेप्रेासी नेपालका जिविकाेपार्जन अधिकृत अभिशेष पाैडेलले संस्थाको संक्षिप्त इतिहास बताउनुहुँदै, सम्पूर्ण कर्मचारी, साझेदार निकायहरु, संस्थाका अग्रज व्यक्तित्वहरु तथा सेवाग्राहीलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले द लेप्राेसी मिसन नेपाल  कुष्ठरोग निवारणका लागि हिजो, आज र भोलीको रणनीतिलिएर अगाडी बढेको बताउनु भयो । उहाँले भन्नुभयो, “हिजो हामी बचाउमा लाग्यौं, आज हामी निवारणमा काम गर्दैछौं र भोली उन्मूलन अर्थात कुष्ठरोगलाई शून्यमा झार्न तर्फ लागि परेका छौं” । उहाँले नेपाल सरकारको शून्य कुष्ठरोग रणनीतिप्रति द लेप्राेसी मिसन नेपाल प्रतिबद्ध रहेको र तमाम् चुनौतीका बाबजुत पनि सबैको साथ, सहयोग र साझेदारी मार्फत त्यो लक्ष्यमा पुग्न सकिने विश्वास व्यक्त गर्नुभयो ।

 

 

कार्यक्रम मा बाेल्दै अध्यक्ष चाैधरीले सन् २०३० सम्ममा कुष्ठरोगको संक्रमणदरलाई शून्यमा झार्ने लक्ष्य साथ अगाडी बढेको नेपाल सरकारको यस लक्ष्यलाई पुरा गर्न सबैजना यस रोग बिरुद्ध अझै घनीभूत रुपमा संघर्ष जारी राख्नुपर्नेमा कुरामा जाेड दिनु भयाे । राष्ट्रियस्तमा निवारणको आँकडा देखिएपनि दिगो रुपमा तल्लो तहबाटै कुष्ठरोग निवारण तथा उन्मूलनका लागि स्थानिय तहकै सहभागिता तथा नेतृत्वमा कुष्ठरोगमुक्त समाज निर्माण अभियानमा सबैजना जुट्नपर्ने  अावश्यक रहेकाे जोड दिनुभयो । 

 

कुष्ठरोग सम्बन्धी समस्याहरु धेरै हदसम्म बाँकी नै रहेको, सरकारी लगायत राष्ट्रियअन्तर्राष्ट्रिय निकायहरुको पर्याप्त ध्यान यसतर्फ जान नसकेको, कुष्ठरोगसँग सम्बन्धित सचेतना तथा उपचारलाई अझ समुदायस्तरसम्म फैलाउँदै जानुपर्ने टड्कारो आवश्यकताका बीच कुष्ठरोगबाट प्रभावितहरुको संघर्ष र सफलताका कथाहरु अनि उनिहरुको जीवनोत्सव मनाउन पनि यो दिवस हरेका वर्ष आयोजना गर्नुपर्ने अावश्यकता रहेकाे बताईएकाे छ।कार्यक्रम मा सचेतनामुलक अभिमुखिकरण  तथा विभिन्न नारा लेखेकाे प्ले कार्ड सहित र्याली कार्यक्रम समेत गरिएकाे थियाे ।

Comments