त्रिभुवन माविकाे ७२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न
श्यामबदन हरिजन माघ१०नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपपुर गाउपालिका वडा न ९ बेलाटारीमा रहेको त्रिभुवन माध्यमिक विद्यालयकाे ७२ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धिरज ठाकुरकाे अध्यक्षता तथा पुर्व स्वास्थ मन्त्री गगन कुमार थापाकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हाे।कार्यक्रम मा प्रतापपुर गाउपालिका अध्यक्ष उमेशचन्द्र यादव ,नेपाली कान्ग्रेस लुम्बिनी प्रदेश महामन्त्री बिक्रम खनाल लगायतले बाेल्नु भएकाे थियाे ।
साे अवसरमा बाेल्दै प्रमुख अतिथि थापाले अहिले काे सुबिधा सम्पन्न भवन तथा कक्षाकाेठा ब्यवस्थापन ले सिकाईमा सहजता अाएकाे बताउनु भयाे ।साथै यस बिद्यालयमा ल्याब र अाकर्षक पुस्तकालय काे ब्यवस्थापन गरि बिद्यार्थी हरुलाई पुस्तक पढने बानी बसाल्नुपर्ने अावश्यकता रहेकाे बताउनु भयाे ।साथै देशलाई अगाडि बढाउन युवाहरुकाे अावश्यकता रहेकाेले अब काे २०बर्ष बिद्यार्थी हरुलाई प्राबिधिक शिक्षातर्फ अगाडि बढाउनुपर्ने कुरामा जाेडदिनु भयाे।
उत्सव समापन समाराेहमा समाजसेवी बुद्धिजीवी ,शिक्षक, पत्रकारहरुकाे उपस्थित रहेको थियोे।
कार्यक्रम तीन दिन सम्म चलेकाे थियाे। उत्सवमा विभिन्न किसिमका खरेलु तथा प्रविधि मैत्रीपूर्ण समाग्रीहरुकाे प्रदर्शन तथा फुड फेस्टिभल कार्यक्रम समेत राखिएकाे थियाे ।







Comments