सामुदायिक विद्यालयमा पढ्ने विधार्थी पनि अब्बल र सक्षम छन : जिसस अध्यक्ष यादव
पप्पु रेग्मी कुन्जनपुर, ६ माघ ।
जिल्ला समन्वय समिति नवलपरासीका अध्यक्ष भगौती प्रसाद यादव (रुदल)ले बर्दघाट १४ कञ्जनपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयकाे स्वर्ण जयन्ती महाेत्सव कार्यक्रमको तेस्रो दिन प्रमुख अतिथिकाे आसनबाट बाेल्दै, सामुदायिक विद्यालयमा पढ्ने विधार्थी पनि अब्बल र सक्षम रहेको बताउदै, आफ्नो क्षेत्रका अभिभावकहरूले सामुदायिक विद्यालयहरुलाई बालमैत्री, गुणस्तरीय र प्रविधि मैत्री विद्यालय बनाउन सबै लाग्न जरुरी रहेको बताउनुभयाे ।
सोही कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सोमनाथ अधिकारीले कार्यक्रम सञ्चालन गर्ने क्रममा आफुबाट भएका त्रुटीहरूलाई सच्चाएर अघि बढ्ने जानकारी दिदै, विद्यालयकाे स्थापना देखि हालसम्म विद्यालयमा याेगदान गर्नु भएका शिक्षा प्रेमी,अभिभावक, शिक्षक, विद्यार्थी लगाएतका शैक्षिक गतिविधि बारे बाेल्नु भएको थियो ।
कार्यक्रममा राम बहादुर भण्डारी, सागर वि.क., धर्मराज सापकोटा लगाएतले बोल्दै, बिद्यालयले अहिलेकाे समयानुसार शिक्षालाई परिवर्तन गर्न सके सीप मूलक, आय आर्जन गर्न सक्ने शिक्षाको आवश्यकता माथि प्रकाश गर्दै, विद्यालयमा राजनितिक गतिविधि देखिन आएकाे कारणले विद्यालय पछि पर्न सक्ने सम्भावना भएकाले राजनितिलाई टाढा राखेर सामाजिक भावनाले काम गर्न वक्ताहरूले सबैलाई आग्रह गर्नु भएको थियो ।
विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा स्वर्ण जयन्ती मूल समारोहका संयोजक ध्रुवराज जमरकट्टेलको अध्यक्षता र शिक्षक अभिभावक संघका अध्यक्ष तथा स्वर्ण जयन्ती महोत्सव समारोहका सचिव लक्ष्मण प्रसाद पाण्डेको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा पूर्व बिद्यार्थीहरुलाई सम्मान, विद्यार्थीहरूले विविध सस्कृती झल्किने भेषभुषामा सजिएर गीत नृत्यहरू प्रस्तुत गरेका थिए भने कार्यक्रममा प्रत्येक दिन बेलुकी पख स्थानीय भजन, राष्ट्रिय गायक गायिकाहरूकाे गायन प्रस्तुती रहेको थियो ।







Comments