जेष्ठ नागरिक तथा अपाङ्गता भएका ब्यक्तीहरुलाई सम्मान

सहबान अन्सारी माघ३ नवलपरासी 

नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं ६ मा जेष्ठ नागरिक तथा अपङ्गता भएका ब्यक्तिहरुलाई सम्मान गरेको छ। 

वडा कार्यालयले बिहिवार एक कार्यक्रम आयोजना गरी जेष्ठ तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई सम्मान गरेको हो।

वडा भित्र रहेका  करिब ७० बर्ष भन्दा माथी रहेको  २४० जना जेष्ठ नागरिक तथा ६३ जना अपाङ्गता भएका ब्यक्तीहरुलाई कम्बल बितरण गरेको वडाध्यक्ष केशव प्रसाद अधिकारीले बताए।

समाजमा ज्येष्ठ नागरिकको ठूलो योगदान रहेको र सबैले ज्येष्ठ नागरिकको कदर, सम्मान गर्नुपर्ने गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादवले बताए।

आर्थिक वर्ष ०८१/८२ को  बार्षिक विकाश योजना अन्तर्गत जेष्ठ नागरिक सम्मानको लागी ३ लाख र अपाङ्गता भएका ब्यक्तीहरुलाई सम्मानको लागी १ लाख बिनियोजन गरिएको वडाध्यक्ष अधिकारीले बताए।

सम्मान कार्यक्रममा गाउँपालिका अध्यक्ष उमेश चन्द्र यादव,वडाध्यक्ष केशव प्रसाद अधिकारी,वडा सदस्य,कन्हैया कुमार हरिजन,अवधेश यादव, वडा सचिव सागर पोखरेल लगायतहरुको उपस्थिती रहेको थियो।

Comments