रिटर्नी फेडरेसन नेपालकाे दाेश्रो अधिवेशन सम्पन्न
पप्पु रेग्मी, बर्दघाट, २८ पाैष
रिटर्नी फेडरेसन नेपाल पश्चिम नवलपरासीकाे जिल्ला कमिटीकाे दाेश्राे अधिवेशन सुस्ता ५ अनुमाघाटमा शनिवार सम्पन्न भएको छ ।
रिटर्नी फेडरेसन नेपाल पश्चिम नवलपरासीका जिल्ला अध्यक्ष चिरञ्जीवी खराल (रामु) को अध्यक्षता तथा रिटर्नी फेडेरेसन नेपालका केन्द्रीय अध्यक्ष उत्तम अधिकारीको प्रमुख अतिथ्यतामा सम्पन्न भएको नवलपरासी जिल्ला अधिवेशनको कार्यक्रमलाई केन्द्रीय अध्यक्ष अधिकारीले बाेल्दै, ऐतिहासिक तथा धार्मिक एवं पौराणीक स्थलका रुपमा रहेको अनुमाघाटकाे चर्चा गर्दै, रोजगारीको सिलसिलमा विदेशवाट स्वदेश फर्केका मानिसहरुका अनुभव र भोगाइलाई सदुपयोग गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य एवं रिटर्नी फेडेरेसन नेपाल ईन्चार्ज डाक्टर उत्तम बहादुर के.सी. ले भारतले अतिक्रमण गरेको ऐतिहासिक सुस्ता भुमिमा कार्यक्रम राखेको प्रति आभार ब्यक्त गर्दै, नेपालको सबै भन्दा लामो झोलुङ्गे पुल भएकोले यस स्थानमा कार्यक्रम राखेर नवलपरासीकाे मुद्धालाई अन्तर्राष्ट्रियकरण गर्नमा समेत रिटर्नी फेडेरेसन नेपाल नवलपरासीले अहम भुमिका खेलेको धारण राख्नु भएको थियो ।
कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष दिपेन्द्र अधिकारी, नेकपा एमाले केन्द्रीय स्कूल बिभागका सदस्य बद्री खनाल, रिटर्नी फेडेरेसन ईन्चार्ज राजेन्द्र सुनार, चिरञ्जीवी खराल (रामु), रामु भण्डारी लगायतले बाेल्दै, रिटर्नी फेडेरेसनले आफ्नाे छुट्टैे पहिचान बनाउन सफल भएको प्रति धन्यवाद प्रकट गर्दै, भुकम्प पिडितका घर निमार्ण गर्ने देखि पार्टीका हरेक गतिविधिमा सक्रियताका साथ लाग्ने एउटा जुझारु जनवर्गीय संगठन बनाउन सफल भएको बताउनुभयो ।
अधिवेशनमा अध्यक्ष खरालले राजनीतिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै, रू. ९८ हजार ८ सय १२ रूपैयाँ बराबरको आय-व्यय समेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जय माँ कुवारवर्ति कन्या समूह सुस्ता २ गुदरियाका कलाकारहरूले नृत्य प्रस्तुत गरेका थिए । यसैगरी, नेकपा एमाले जिल्ला कमिटीका पूर्व सदस्य एवं रिटर्नी फेडेरेसन ईन्चार्ज राजेन्द्र सुनारलाई सम्मान गरीएको थियो ।
उद्घघाटन सत्रमा रिटर्नी फेडेरेसन नेपालका जिल्ला उपाध्यक्ष खगेन्द्र अर्यालको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रमकाे सञ्चालन लुम्बिनी प्रदेश सदस्य चोलाकान्त भट्टराईको सञ्चालन रहेको थियो ।
उक्त जिल्ला अधिवेशनले सुस्ताका खगेन्द्र अर्याल (राजु)को अध्यक्षतामा १९ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत गठन गरेको छ । जस्को उपाध्यक्षमा क्रमश: तिल बहादुर पुन र दुर्गा बि.क. चयन हुनु भएको छ भने सचिवमा पवित्रा रेग्मी, उप-सचिवमा जनक नेपाल र कोषाध्यक्षमा भुपराज अधिकारी रहनु भएको छ । यसैगरी, सदस्यहरुमा क्रमशः वारिश अन्सारी, पुनर्वासी भेडीया, मनोज कुमार त्रिपाठी, दिनेश हरिजन, महमद रजाक मिया, श्रवण यादव, जिवन राय, सान्तोष चौधरी, नरेन्द्र चौधरी, रितु श्रेष्ठ, हरि कण्डेल, मोहन थापा, यम प्रसाद डुम्रे निर्विरोध चयन हुनुभएको निर्वाचन समितिका सदस्य युवराज डुम्रेले बताउनुभयो ।







Comments