निशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न

नारायण भण्डारी पाैष२७नवलपरासी 

प्रतापपुर गाउँपालिका वडा नं ७ गुठी सुर्यपुरा स्वास्थ्य चौकीमा प्रतापपुर गाउँपालिका तथा इन्द्रेणी सामाजिक विकास मञ्चको आयोजनामा १ दिने निशुल्क मानसिक स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्रतापपुर गाउँपालिकामा मानसिक स्वास्थ्य समस्या भएका विरामीको चाप बढ्दै गईरहेको अवस्थामा यो शिविर संचालन गरिएको हो । कार्यक्रम स्वास्थ्य शाखा प्रमुख मन्तोष कुमार मुरावको अध्यक्षतामा सम्पन्न गरिएको थियो । कार्यक्रममा करिब ८४ जनाले सेवा लिएका छन् । सो क्रममा मानसिक स्वास्थ्य सँग सम्बन्धित विरामीहरु खुलेर शिविर सम्म आउनु राम्रो रहेको र यो रोग पनि अन्य रोग जस्तै सामान्य रहेको शिविरमा खटिएका मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर विक्रम काफ्लेले बताएका छन् । कार्यक्रममा बोल्दै स्वास्थ्य शाखा प्रमुख मन्तोष कुमार मुरावले अहिलको अवस्थामा प्रतापपुर गाउँपालिकामा मानसिक स्वास्थ्य समस्या भएका विरामीको संख्या वृद्धि भईरहेकोमा सो समस्या पहिचान र उपचारका लागि इन्द्रेणी सामाजिक विकास मञ्च सँग समन्वय गरेर कार्यक्रम संचालन गरिएको र विरामीहरुको उल्लेख्य सहभागिता रहेको बताउनु भयो । गाउँपालिकाले मानसिक स्वास्थ्य समस्या भएकाहरुको उपचारमा सहज बनाउना लागि १२ प्रकारका औषधी खरिद गरेर सबै स्वास्थ्य संस्थामा पठाईएको र उपचार पनि भईरहेको बताउनु भयो । जसले गर्दा लुकाएर राखेका यस्ता खालका समस्याहरुको समाधान हुने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा ८४ जनाले सेवा लिएकोमा करिब ९५ प्रतिशतमा मानसिक स्वास्थ्य समस्या रहेको गुठी सुर्यपुरा स्वास्थ्य चौकी प्रमुख कौशल कुमार यादवले बताउनु भयो । सो कार्यक्रम इन्द्रेणी सामाजिक विकास मञ्चका नारायण भण्डारीले संचालन रहेको थियो । 

Comments