खुल्ला क्रिकेट प्रतियोगितामा बर्दघाटे क्लब लाई उपाधी

नन्दु यादव पुस २६नवलपरासी 
प्रतापपुर गाउपालिका वडा न ४मा भईरहेकाे खुल्ला क्रिकेट  प्रतियाेगितामा बर्दघाटे क्लबले उपाधि हात पारेकाे छ ।राईजिङ स्टारलाई हराउदै उपाधि हात पारेकाे हाे। तेसै गरि राईजिङ स्टार उपबिजेता भएकाे हाे। अाज एक कार्यक्रम बिच पुरस्कार बितरण गर्दै प्रतियाेगिता समापन गरिएकाे छ। बर्दघाट कलिका खेलकुद समितिका अध्यक्ष अनिल केवटकाे अध्यक्षता तथा प्रतापपुर गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवकाे प्रमुख अतिथ्यतामा मा अाज बिधिवत रुपमा प्रतियोगिता समापन भएकाे हाे।समापन कार्यक्रममा समाजसेवी अाेमप्रकाश हरिजन ,प्रतापपुर खेलकुद समिति उपसयाेजक जयगाेबिन्द यादव, प्रतापपुर खेलकुद समिति सयाेजक राजु अधिकारी लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि यादवले खेलाडिहरुकाे मुख्य गहना भनेकै अनुशासन रहेकाे ले अनुशासनमा बसि खेल्नेतर्फ जाेडदिनु भयाे ।खेलले शारीरिक ,मानसिक ,सामाजिक तथा अार्थिक लगायतकाे क्षेत्रमा बिकास हुने भएकाेले युवाहरुले खेलमा सहभागी हुनुपर्ने बताउनु भयाे ।खेलले मित्रता काे सम्बन्ध लाई मजबुत पार्ने समेत बताउनु भयाे। क्रिकेट  खेललाई ब्यवसायिक बनाउनुपर्ने कुरामा जाेडदिनु भयाे।अहिले अामनागरिकहरुले प्राबिधिक समय अाएकाेले अारामदायि जीवन बिताईरहदा विभिन्न राेगकाे सिकार बन्नु परेकाेले अब सबैले खेल या ब्यायाम गरि स्वस्थ्य रहनुपर्ने समय अाएकाे बताउनु वहाले भयाे।प्रतापपुरकाे  हरेक वडामा खेलकुद मैदान बनाउने याेजना रहेकाे समेत बताउनु भयाे ।अाउने दिनमा यस्ता खेलमा अाफुले अार्थिक सामाजिक हरेक रुपले सहयाेेग गर्न प्रतिबद्धता समेत ब्यक्त गर्नु भएकाे थियाे ।

Comments