बर्दघाटेमा खुल्ला क्रिकेट प्रतियोगिता अाज देखि शुरु

पुष१९

प्रतापपुर गाउपालिका वडा न ४मा अाज देखि खुल्ला क्रिकेट  प्रतियाेगिता सुरु भएकाे छ ।बर्दघाट कलिका खेलकुद समितिका अध्यक्ष अनिल केवटकाे अध्यक्षता तथा प्रतापपुर गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवकाे प्रमुख अतिथ्यतामा मा अाज बिधिवत रुपमा प्रतियोगिता उदघाटन भएकाे हाे।उदघाटन कार्यक्रम समाजसेवी रबिन्द्र  यादवले ्स्वागत मनत्ब्य दिनु भएकाे थियाे भने समाजसेवी अाेमप्रकाश हरिजन, अनाेज यादव ,महादेव यादव  ,प्रतापपुर खेलकुद समिति उपसयाेजक जयगाेबिन्द यादव  ,बन्धु बरई  ,वडा न ४का अध्यक्ष जन्त्री प्रसाद बरई,प्रतापपुर खेलकुद समिति सयाेजक राजु अधिकारी  लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि यादवले खेलाडिहरुकाे मुख्य गहना भनेकै अनुशासन रहेकाे ले अनुशासनमा बसि खेल्नेतर्फ जाेडदिनु भयाे ।खेलले शारीरिक ,मानसिक ,सामाजिक तथा अार्थिक लगायतकाे क्षेत्रमा बिकास हुने भएकाेले युवाहरुले खेलमा सहभागी हुनुपर्ने बताउनु भयाे ।खेलले मित्रता काे सम्बन्ध लाई मजबुत पार्ने समेत बताउनु भयाे। क्रिकेट  खेललाई ब्यवसायिक बनाउनुपर्ने कुरामा जाेडदिनु भयाे।अहिले अामनागरिकहरुले प्राबिधिक समय अाएकाेले अारामदायि जीवन बिताईरहदा विभिन्न राेगकाे सिकार बन्नु परेकाेले अब सबैले खेल या ब्यायाम गरि स्वस्थ्य रहनुपर्ने समय अाएकाे बताउनु वहाले भयाे।प्रतापपुरकाे  हरेक वडामा खेलकुद मैदान बनाउने याेजना रहेकाे समेत बताउनु भयाे ।अाउने दिनमा यस्ता खेलमा अाफुले अार्थिक सामाजिक हरेक रुपले सहयाेेग गर्न प्रतिबद्धता समेत ब्यक्त गर्नु भएकाे थियाे ।

Comments