कुबेर बचत तथा ऋण सहकारी सस्था भुजहवाकाे १०अाै साधारण सभा सम्पन्न
नन्दु यादव नवलपरासी
पश्चिम नवलपरासी जिल्ला काे सरावल गााउपालिका वडा न ७ भुजहवामा रहेकाे कुबेर बचत तथा ऋण सहकारी सस्थाकाे १०अाै साधारणसभा सम्पन्न भएकाे छ ।सरावल गाउपालिका काे सिमा नाकासग जाेडिएका ग्रामीण क्षेत्रमा रहेका जनताहरुकाे लागि अार्थिक बिकास मा सहयाेग पुर्याउदै अाएकाे यस सस्थाले बिभिन्न किसिमकाे जनचेतना मुलक कार्यक्रम समेत सन्चालन गर्दैै अाएकाे छ ।कार्यक्रम मा सस्थाकाे प्रगति बिबरण सचिव युवराज माैर्याले प्रस्तुत गर्नु भएकाे थियाे भने सस्थाकाे काेषाध्यक्ष सन्ताेष बरईले अायब्यय प्रस्तुत गर्नु भएकाे थियाे । अा.ब.२०८०/८१काे कुल१८कराेड २३लाख ५६हजार ७११रुपैया बराबर काे अायब्यय प्रस्तुत गरिएकाे थियाे ।जसमा ५१लाख ८४हजार बराबर शुध्द नाफा गर्न यस सस्था सफल भएकाे छ ।सस्थामा कुल५५२२ शेयर सदस्य रहेका छन ।यश सस्थाले कृषि ,पशुपालन ,बैदेशिक राेजगार ,शैक्षिक क्षेत्र लगायतका क्षेत्रमा लगानी गरि यस क्षेत्रका जनताहरुकाे अार्थिक बिकासमा सहयाेग पुर्याउदै अाएकाे यस सस्थाका ब्यवस्थापक लक्ष्मण काेईरी ले बताउनु भयाे ।साथै यस सस्थाले उत्कृष्ट बचत कर्ता, असल ऋणी तथा विभिन्न सघ सस्थाका पदाधिकारीहरुलाई मायाकाे चिनाेबाट सम्मान समेत गरेकाे छ ।
कार्यक्रम सस्थाकाे अध्यक्ष याेगेन्द्र बनिया काे अध्यक्षता तथा सरावल गाउपालिकाका अध्यक्ष सुखाडी चाैधरीकाे प्रमुख अतिथ्यतामा मा सम्पन्न भएकाे हाे ।कार्यक्रमा सस्था का सदस्य जयगाेबिन्द यादवले स्वागत मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रममा महेन्द्र मा बि साेमनीका अध्यक्ष अनाेज यादव,प्रतापपुर गाउपालिका वडा न ३का वडा अध्यक्ष ऋषिदेव दास , सरावल गाउपालिका वडा न ६का अध्यक्ष छाेटेलाल गुप्ता ,सरावल गाउपालिका वडा न ७का वडा अध्यक्ष हेयात खा धुनिया ,सरावल गाउपालिकाकि उपाध्यक्ष बासमति हरिजन लगायतले बाेल्नु भयकाे थियाे ।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि चाैधरीले सहकारीले सस्ताे ब्याजमा अामनागरिहरुलाई सेवा प्रदान गरिरहेकाे कुरा सराहनीय रहेकाे बताउनु भयाे।अाफ्नै गाउठाउकाे हरेकक्षेत्र बिकास लागि महत्वपूर्ण भुमिका खेल्दै अाएकाे समेत बताउनु भयाे ।जनतालाई सहजरूपमा ऋण लगानी गर्दै किसानहरुलाई अगाडि बढाउदै गईरहेकाे वहाले बताउनु भयाे । हरेक किसानकाे घरमा सस्थाकाे सदस्य बनाउनु पर्ने कुरामा समेत जाेडदिनु भएकाे थियाे। सहकारी सस्थाले समाज रुपान्तरण गर्नमा महत्त्वपूर्ण भुमिका निर्वाह गरिरहेकाेले सहकारी बिकासका लागि अाफु सधै तयार रहेकाे बताउनु भयाे। सस्थामा बचत गराउने अभियान सन्चालन गरिनुपर्ने कुरामा जाेडदिनु भयाे ।सस्थाकाे केन्द्रीय कार्यालय रहेकाे भुजहवा अाफ्नै निजि भवनबाट अहिले सेवा सन्चालन भई सुस्ताकाे कुडिया र पाल्हिनन्दनकाे बैरवाबाट समेत सेवा केन्द्र बाट सेवा दिदै अाएकाे छ ।कार्यक्रम लाई सस्थाकाे काेषाध्यक्ष सन्ताेष बरईले सन्चालन गर्नु भएकाे थियाे ।







Comments