नवलपरासी प्रहरीद्वारा भुजहवामा नागरिक सुनवाइ कार्यक्रम सम्पन्न
नन्दु यादव नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडान ६भुजहवा मा नागरिक सुनवाइ कार्यक्रम सम्पन्न भएकाे छ ।जनताकाे गुनासाे र सुझाव सन्कलन गर्ने उदेश्य ले नागरिक सुनवाइ कार्यक्रम भएकाे हाे । सामुदायिक साझेदारी कार्यक्रम अन्तर्गत नागरिक सुनुवाई कार्यक्रम आयोजना गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।हर प्रहर गाउँ नगरि टाेलटाेलमा नेपाल प्रहरी भन्ने मुल नाराका साथ सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुनवाइ कार्यक्रम भएकाे बताईएकाे छ ।
जनताकाे गुनासो व्यवस्थापनका लागि प्रहरीले प्रदान गर्दै आएको सेवा लगायत प्रहरीले खेल्नुपर्ने भूमिका तथा जनताले अनुभूति गर्ने गरी सेवालाई प्रभावकारी बनाउन जनताको गुनासो सुन्नका लागि नागरिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासी का प्रमुख ज्ञानेन्द्र प्रसाद फुयालले जानकारी दिनु भएकाे थियाे।
नागरीक सुनुवाई कार्यक्रममा शान्ति सुरक्षाको प्रत्याभूति, चोरी तस्करी नियन्त्रण, लागू औषध दुर्व्यसनी, दुर्घटना न्यूनीकरण,ट्राफिक सम्बन्धि जनताले भोग्नुपरेको सास्ती लगायतका विषयमा छलफल गुनासाहरुको बारेमा जानकारी आदानप्रदान गरिएको उहाँले बताउनु भयो ।नागरीक सुनवाई कार्यक्रममलाई सम्बोधन गदैँ उहाँले हाल सम्म प्रहरीको आचारणमा सुधार भएको बताएका छन ।साथै चाेरी तस्करी नियन्त्रण ,लागु अाैषधदुर्ब्यसनि राेक्न जिल्ला प्रहरी कार्यालय अन्तर्गत रहेका सबै प्रहरी युनिटलाई कडा निर्देशन दिएकाे समेत बताउनु भयाे।
यस्तै चालु आर्थिक वर्षको हाल सम्म विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संञ्चालन गरेको तथा लागु औषधसम्बन्धी विद्यालयहरुमा जनचेतनामुलक कार्यक्रमको आयोजना गरेको बताएका छन । घरेलु मदिरा विक्री वितरणमा प्रहरीले कडाई गरेको जनाएको छ ।
अहिले नागरीकहरुका गुनासो सुझाव सुन्नका लागि क्युआर कोड संञ्चालनमा ल्याएको छ ।अगामी दिनमा प्रहरीले पालिकाका विद्यार्थीहरुलाई प्रहरीको हिरासत कक्षको भम्रण गराउने तथा पुस्कालय स्थापना गर्ने जस्ता योजनाहरु रहेको कार्यक्रमका सहभागिहरुलाई जानकारी गराउनु भएको छ ।
नागरीक सुनवाई कार्यक्रममा अामनागरिक तथा जनप्रतिनिधि हरुले गुनासा तथा सुझावहरु राखेका थिए।जिल्ला प्रहरी कार्यालय नवलपरासी काे प्रमुख ज्ञानेन्द्र प्रसाद फुयालकाेकाे अध्यक्षता तथा सरावल गाउपालिकाका अध्यक्ष सुखाडी चाैधरीकाे प्रमुख आतिथ्यतामा मा भएकाे कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल हरपुरका गुल्म पति बिश्नु अधिकारी,सरावल गा.पा. वडा न ७वडाअध्यक्ष हेयात खा धुनिया ,प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ लगायतले जनताबाट अाएका गुनासा समाधान गर्दै अगाडि बढने प्रतिबद्धता ब्यक्त गर्नु भयाे ।
नागरिक सुनुवाई कार्यक्रमले प्रहरी र नागरिकको सम्बन्ध राम्रो हुने भएकाले जिल्ला प्रहरी कार्यालयले प्रत्येक पालिकामा पुगेर नागरिक सुनुवाई कार्यक्रम मार्फत आएको गुनासो सहितको सल्लाह र सुझावलाई कार्यान्वयन गर्ने जनाएको छ । पछिल्लो समय प्रहरीले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरे यता शान्ती सुरक्षा प्रदानमा सहजता भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।कार्यक्रम अामनागरिक ,जनप्रतिनिधि बिभिन्नसघसस्थाका पदाधिकारी ,पत्रकार लगायतकाे सहभागिता रहेकाे थियाे।







Comments