कुष्ठराेग नियन्त्रण परियाेजना पालिका स्तरीय सम्झाैता तथा अभिमुखिकरण कार्यक्रम

नन्दु यादव नवलपरासी 
 
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिकामा द लेप्राेसी मिसन नेपालले कुष्ठराेग नियन्त्रण परियाेजनाको पालिका स्तरीय परियाेजना सम्झाैता तथा अभिमुखिकरण कार्यक्रम प्रतापपुरमा सम्पन्न भएकाे छ ।शाेभाखर कंडेलकाे अध्यक्षता तथा प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवकाे प्रमुख आतिथ्यामा कार्यक्रम सम्पन्न भएकाे हाे।कार्यकम बारे सुमन ज्ञवालीले प्रकाश पार्नु भएकाे थियाे।कार्यक्रम प्रतापपुर गाउपालिकाकि उपाध्यक्ष मानकुमारी चाैधरी, प्रतापपुर स्वास्थ्य शाखा प्रमुख मन्तााेष कुशवाहा , प्रमुख प्रशासकिय अधिकृत अर्जुन चाैधरी लगायतले मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।कार्यक्रममा बाेल्दै प्रमुख अतिथि यादवले द लेप्राेसी नेपालले सन्चालन गर्ने कार्यक्रम प्रतापपुर गाउपालिकाकाे सदैव सहयाेग रहने प्रतिबद्धता ब्यक्त गर्नु भयाे। जुन बिधिवत रुपमा प्रतापपुर  र द लेप्राेसी  नेपाल बिच भएकाे सम्झाैताले प्रतापपुरमा स्वास्थ्य क्षेत्रमा थप मजुबत हुने बिश्वास लिएकाे समेत यादवले बताउनु भयाे । याे सस्थाले विशेष रुपमा कुष्ठ राेगिहरुकाे खोजपडताल, उपचार तथा कुष्ठराेग नियन्त्रण गर्ने उदेश्य ले सन्चालन गर्ने जनाएको छ। कार्यक्रममा यहाँका जनताहरुमा प्रभावकारी बनाउन आफु लागिपर्ने बताउनु भयाे। यहाहरुसग सहकार्य र समन्वय  गरेर अगाडि बढने समेत बताउनु भयाे ।कार्यक्रममा रोगबारे परियोजनाका  मेडिकल अधिकृत डा. स्वर्णिम ज्ञवालीले प्रकाश पार्नुभएको थियो भने , स्वस्थ्यमा गरिने कार्यक्रमका गतिविधिहरुको बारेमा  स्वास्थ्य अधिकृत साबित्रा कंडेलले प्रष्ट पार्नुका  साथै  सराेज बेलवासे लगायतले प्रशिक्षण गर्नु भएकाे थियाे ।सस्था र प्रतापपुर गाउपालिका बिच सम्झाैता भएपछि अब सस्थाले प्रतापपुरमा ५ बर्ष कार्यक्रम सन्चालन गर्ने बताईएकाे छ ।सस्थाले समुदाय,बिद्यालय क्षेत्रमा गएर कार्यक्रम सन्चालन गर्ने जनाएकाे छ ।कार्यक्रममा सस्थाले कुष्ठराेग सम्बन्धि गर्ने आफ्नाे याेजना अर्थात उपचार, नियन्त्रण ,तथा विभिन्न जनचेतनामूलक सन्देश,छलफल लगायत कार्यक्रम सन्चालन गर्ने जानकारी गराईएकाे थियाे ।कार्यक्रम जनप्रतिनिधि ,स्वास्थ्यकर्मी ,कर्मचारी तथा पत्रकारहरुकाे सहभागिता रहेकाे थियाे ।

Comments