सुस्तामा १दिने नि:शुल्क स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न

नन्दु यादव नवलपरासी 
पश्चिम नवलपरासी  जिल्लाकाे सुस्ता गाउपालिका वडा न ५मा एक दिने निशुल्क स्वास्थ शिविर कार्यक्रम सम्पन्न भएकाे छ । जिल्ला समन्वय समिति नवलपरासी (ब.सु.प.) का प्रमुख भगौती यादव ज्यूको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे।


सीमाबासीसंग सशस्त्र प्रहरी कार्यक्रम” अन्तर्गत १ दिने नि:शुल्क स्वास्थ शिविर कार्यक्रम गरिएकाे सशस्त्र प्रहरी बल नेपाल २६नम्बर गणले जनाएकाे छ ।कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल २६नम्बर गणका गणपति प्रकाश वाग्ले , सुस्तागाउपालिका वडा न ५का वडा अध्यक्ष प्रभुनाथ यादव, प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ ,सुस्ता गाउपालिकाका अध्यक्ष टेकनारायण उपाध्या लगायत ले मनत्ब्य दिनु भएकाे थियाे ।कार्यक्रम बाेल्दै प्रमुख अतिथि भगाैति यादवले यश स्वास्थ्य शिविर ले ग्रामिण क्षेत्रका हजाराै अामनागरिकहरु लाभान्वित हुने बिश्वास लिएकाे बताउनु भयाे ।शरिरलाई स्वस्थ्य राख्नु नै हाम्राे जिवनकाे पहिलाे सफलता हाे ।जीवनकाे पहिलाे पाईला भनेकै स्वस्थ्य रहनु हाे ।यसकारण हामिले राेग लाग्नु भन्दापनि राेग लाग्नु नदिनु अति उत्तम हुने कुरा मा जाेडदिनु भयाे। यस्ता शिविरहरु सन्चालन गर्न सके अामनागरिकहरुलाई धेरै सहज हुने बताउनु भयाे ।

 
सशस्त्र.प्रहरी.बल, नेपाल नं.२६ गण हे.क्वा. पश्चिम नवलपरासी, देबदह मेडिकल कलेज र लायन्स क्लब अफ बुटवल सुभारम्भ को संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएकाे थियाे । कार्यक्रममा सुस्ता गाँउपालिकाका जनप्रतिनिधि , जिल्ला सुरक्षा समितिका पदाधिकारीहरु,पत्रकार स्थानीय अामनागरिक,विभिन्न सघसस्थाका पदाधिकारी लगायतको सहभागीता रहेकाे थियाे।स्वास्थ्य शिविरमा देबदह मेडिकल कलेज तथा बर्दघाट डेन्टल क्लिनिकका बिशेषज्ञ चिकित्सकहरुले जनरल फिजिसियन, महिला तथा प्रसुति, छाला, हाड, नसा र दात सम्बन्धी पुरुष र महिला गरी  ४२२ जना स्थानीय बासिन्दाहरुलाई निशुल्क चेकजाँच तथा औषधी  वितरण गरिएकाे सशस्त्र प्रहरी बल नेपाल नवलपरासी ले जनाएकाे छ ।
 
स्वास्थ्य क्षेत्रमा अति नै पछाडी परेको नवलपरासीका सिमा क्षेत्रकाबासीलाई विशेष प्राथमिकता दिँदै  निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेर समुचित उपचारबाट बञ्चित रहेका महिला, पुरुषहरुलाई उपचार गरीएकाे हो । नागरिक र सशस्त्र प्रहरी बल बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित विपन्न वर्गमा विरामीलाई सुलभ किसिमले स्तरीय सेवा दिने उदेश्यले आयोजित निःशुल्क स्वास्थ्य शिविरले अपेक्षित उदेश्य हासिल गरेको गणपति प्रकाश वाग्लेले बताउनु भयाे।
 
सशस्त्र प्रहरी बल, नेपाल नं. २६गण हे.क्वा. पश्चिम नवलपरासीबाट आवश्यक व्यवस्थापन, सुरक्षा, समन्वय र सहजीकरणको लागी सशस्त्र प्रहरी कर्मचारीहरु परिचालन गरिएकाे थियाे ।

Comments