प्रतापपुरमा नेतृत्व बिकास तथा उदघाेषण तालिम समापन

नन्दु यादव नवलपरासी 
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ९बेलाटारीमा अाज देखि ५दिने नेतृत्व बिकास तथा उदघाेषण तालिम अाज समापन भएकाे छ।ग्रामीण क्षेत्रमा नेतृत्वकाे बिकास गरिनुपर्ने लक्ष्यका साथ तालिम अायाेजना गरिएकाे हाे।प्रतापपुर गाउपालिका वडा न ९को अायाेजना तथा जनकल्याण सीप प्रशिक्षण केन्द्र नवलपरासी काे सहजिकरणमा मा नेतृत्व विकास तथा उद्घोषण तालिम अाज एक कार्यक्रम बिच समापन गरिएकाे भएको हाे ।
 
सो तालिममा ४0 जना प्रशिक्षार्थीहरुकाे सहभागिता रहेकाे छ । नन्दु यादवकाे अध्यक्षता तथा प्रतापपुर गाउपालिकावडा न ९का अध्यक्ष जयकिशुन चाैधरीकाे प्रमुख अतिथ्यतामा कार्यक्रम समापन भएकाे हाे।
 
कार्यक्रममा ईन्द्रावती पार्वति चाैधरी ,राजेश चाैधरी,लालधारी चाैधरी ,तुलसी चाैधरी,सबिना भुर्तेल (गैरे) पजियार ,उमेश बिक ,श्यामबदन हरिजन लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।५ दिनसम्म सन्चालन भएकाे तालिम समापन गर्दै प्रतापपुर गाउपालिका वडा न ९का वडा अध्यक्ष चाैधरीले  प्रशिक्षार्थीहरुले आफ्नो टोल तथा छिमेकमा देखिएका समस्याको खबरदारी गर्न तथा योजना माग गर्नको लागि पनि उनिहरुलाई बोल्न सक्ने क्षमता तथा समुह सञ्चालनको लागि नेतृत्व गर्ने क्षमता आवश्यक भएकोले यो तालिम आयोजना भएकोमा खुसी लागेको बताए ।
 
तालिम आयोजनाबाट प्रशिक्षार्थी हरुकाे आत्मविश्वास बढ्ने तथा समुहको नेतृत्व लिन सक्ने क्षमता बढ्ने चाैधरीकाे भनाई रहेकाे छ ।
 
आफूहरुको दैनीक जीवनमा आईपर्ने समस्या तथा तिनको समाधानका लागि पनि वाककला आवश्यक भएकोले यस्तो तालिम आयोजना हुनु र सहभागी हुन पाएकोमा प्रशिक्षार्थीले खुसी तथा धन्यवाद व्यक्त गरेका थिए ।

Comments