प्रतापपुरमा माटाे परिक्षण प्रयाेगशाला उदघाटन
नन्दु यादव मसिर१०
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ९बेलाटारीमा माटाे परिक्षण प्रयाेगशाला उदघाटन भएकाे छ। प्रतापपपुर गाउपालिका वडान १का अध्यक्ष महेन्द्र बहादुर चाैधरी काे अध्यक्षता तथा प्रतापपपुर गाउपालिका का अध्यक्ष उमेशचन्द्र यादव काे प्रमुख अतिथ्यतामा बिधिवत रुपमा एक कार्यक्रम बिच उदघाटन गरिएकाे हाे ।
कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि यादवले प्रतापपुरका किसानहरुकाे कृषि मा अार्थिक बिकास गर्ने लक्ष्यका साथ प्रयाेगशाला स्थापना गरिएकाे बताउनु भयाे ।यश प्रयाेगशाला ले किसानहरुकाे माटाेमा भएकाे फस्पाेरस, पाेटास ,नाईट्राेजन लगायत तत्वहरुकाे बारेमा सूक्ष्म रुपले परिक्षण गरि कृषि क्षेत्रमा अावश्यक पर्ने मलखाद्यहरुकाे परिमाण घटाउने र उत्पादकत्व बस्तुमा बढावा हुने बिश्वास लिएकाे समेत बताउनु भयाे । जसले गर्दा कृषि उत्पादनमा खर्च कम गर्न सकिन्छ भन्दै किसानले उत्पादन लागत कम हुने बितिकै किसानहरुले कृषिक्षेत्रमा फडकाे मार्ने बिश्वास समेत लिएकाे बताउनु भयाे ।







Comments