लागुअाैषध सहित दुई युवक प्रहरीकाे नियन्त्रणमा
अारपि उपाध्य बैशाख १०त्रिवेणी
पुर्वी नवलपरासीको विनयी त्रिवेणी ७ अन्तर्गत रहेकोे सशस्त्र प्रहरी बल त्रिवेणी बि.ओ.पी. अन्तर्गतको गण्डक ब्यारेज पुलमा रहेको चेक पोइन्टले लागु औषध सहित २ युवालाई शनिबार नियन्त्रणमा लिएको छ।
बुटवल उपमहानगरपालिका बुटवलमा बस्ने वर्ष २६ को निरज थारु र सोही ठाउँ बस्ने वर्ष ३० को रेसम गुरुङलाई लागू औषध सहित पक्राउ परेको सशस्त्र प्रहरी निरीक्षक पदम पाण्डेले जानकारी दिनुभएको छ।
सिमापार भारतीय भैसालोटनबाट नाइट्रो भेट १५ ट्याब्लेट र पुरानो गाजा लुकाइ ल्याएका चौधरी र गुरुङलाई ड्युटीमा बसेका सशस्त्र प्रहरीका जवानले नियन्त्रणमा लिएको बताइएको छ।
लागू औषध सहित प्रहरीका नियन्त्रणमा परेका अभियुक्तहरुलाई थप कानुनी कारवाहिको लागि ईलाका प्रहरी कार्यालय त्रिवेणीमा पठाइएको जानकारीमा आएको छ। पछिल्लो समय यता नेपाली युवाहरु सिमापार भारतिय बजारमा लागू औषध सेवन गरि आउने र केहिले लुकाइ ल्याउने रहस्य खुलेपछी ब्यारेज पुलमा तैनाथ सुरक्षाकर्मीले सूक्ष्म ढङ्गको चेकजाँच कार्यलाई अगाडी बढाउन थालेको बुझिएको छ।







Comments