नेतृत्व बिकास तथा उदघाेषण तालिमले बाेल्ने क्षमता तथा नेतृत्वगर्ने क्षमताकाे बिकास हुन्छ:अध्यक्ष यादव
नन्दु यादव नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे प्रतापपुर गाउपालिका वडा न ९बेलाटारीमा अाज देखि ५दिने नेतृत्व बिकास तथा उदघाेषण तालिम सुरु भएकाे छ।ग्रामीण क्षेत्रमा नेतृत्वकाे बिकास गरिनुपर्ने लक्ष्यका साथ तालिम अायाेजना गरिएकाे हाे।प्रतापपुर गाउपालिका वडा न ९को अायाेजना तथा जनकल्याण सीप प्रशिक्षण केन्द्र नवलपरासी काे सहजिकरणमा मा नेतृत्व विकास तथा उद्घोषण तालिम सुरु भएको हाे ।
सो तालिममा ४0 जना प्रशिक्षार्थीहरुकाे सहभागिता रहेकाे छ । प्रतापपुर गाउपालिकावडा न ९का अध्यक्ष जयकिशुन चाैधरीकाे अध्यक्षता तथा प्रतापपुुर गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवकाे प्रमुख अतिथ्यतामा कार्यक्रम सुरु भएकाे हाे।
कार्यक्रममा प्रतापपुर गाउपालिकाकि उपाध्यक्ष मानकुमारी चाैधरी,उमेश बिक ,श्यामबदन हरिजन लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।५ दिनसम्म चल्ने तालिमको उद्घाटन गर्दै प्रतापपुर गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवले प्रशिक्षार्थीहरुले आफ्नो टोल तथा छिमेकमा देखिएका समस्याको खबरदारी गर्न तथा योजना माग गर्नको लागि पनि उनिहरुलाई बोल्न सक्ने क्षमता तथा समुह सञ्चालनको लागि नेतृत्व गर्ने क्षमता आवश्यक भएकोले यो तालिम आयोजना भएकोमा खुसी लागेको बताए । महिलाहरुमा आएको जागरणले आफूलाई खुसी लागेको बताउँदै अझ आवश्यक कामहरु गर्न कटिबद्ध हुनुपर्ने धारणा राख्नु भयाे ।तालिम आयोजनाबाट प्रशिक्षार्थी हरुकाे आत्मविश्वास बढ्ने तथा समुहको नेतृत्व लिन सक्ने क्षमता बढ्ने यादवकाे भनाई छ ।
आफूहरुको दैनीक जीवनमा आईपर्ने समस्या तथा तिनको समाधानका लागि पनि वाककला आवश्यक भएकोले यस्तो तालिम आयोजना हुनु र सहभागी हुन पाएकोमा प्रशिक्षार्थीले खुसी तथा धन्यवाद व्यक्त गरेका छन ।







Comments