प्रतापपुर गाउपालिका अध्यक्ष यादव द्वारा सुस्तामा अनाेमाघाट शिलान्यास
नन्दु यादव कार्तिक २७नवलपरासी
पश्चिम नवलपरासी जिल्लाकाे सुस्ता गाउपालिका वडा न५ नारायणी नदिकाे किनारमा अनाेमाघाटकाे शिलान्यास कार्यक्रम सम्पन्न भएकाे छ ।अाज एक कार्यक्रम बिच प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले अनाेमाघाटकाे बिधिवत रुपमा शिलान्यास गर्नु भएकाे छ।
यस ठाउमा भगवान गाैतमबुध्दले अाफ्नाे कपाल मुन्डन गरेकाे एैतिहासिक पहिचान रहेकाे छ।यस ठाउलाई पहिचान दिलाउने उदेश्य कासाथ अनाेमाघाटकाे निर्माण कार्य सुरु हुन गईरहेकाे बहुजन बिचार एकता अभियानका अध्यक्ष ईन्द्रजित हरिजनले जानकारी दिनु भयाे।
बुध्द बिहार अनाेमाघाट उपभाेक्ता समितिका अध्यक्ष सुग्रिव यादवकाे अध्यक्षता तथा प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवकाे प्रमुख अतिथ्यतामा भएकाे कार्यक्रम मा सुस्ता ५का वडा अध्यक्ष प्रभुनाथ यादव,सुस्ता गा.पा. नेपाली कान्ग्रेसका सभापति रबिन्द्र जैसवाल ,अजय हरिजन ,नेमनारायण हरिजन ,अमेरिका हरिजन लगायतले बाेल्नु भएकाे थियाे।कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि यादवले अनाेमाघाट ,रामग्राम र लुम्बिनी लाई सर्किट काे रुपमा जाेडनुपर्ने अावश्यकता रहेकाे बताउनु भयाे ।
लुम्बिनी बुध्द सर्किट सग जाेडेपछि अनाेमाघाटलाई पर्यटकिय स्थल बनाउन सहजताहुने समेत बताउनु भयाे ।मैले अाफ्नाे तर्फबाट लुम्बिनी सग जाेडन पहल गर्ने बताउदै अनाेमाघाट देखि ,रामग्राम हुदै लुम्बिनी सम्म पद यात्रा समेत निकाल्न अावश्यक रहेकाे बताउनु भयाे ।अनाेमाघाट निर्माणमा यादव ले १लाख रुपैया अार्थिक सहयाेग गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयाे।कार्यक्रम लाई सन्ताेष हरिजनले सन्चालन गर्नुभएकाे थियाे ।साथै सास्कृतिक कार्यक्रम समेतअायाेजना गरिएकाे छ ।







Comments