उदाउदाे सुर्यलाई अर्घ दिई सकियाे छठ

कार्तिक २३
 
पश्चिम नवलपरासी जिल्लामा धुमाधामका साथ छठ पर्व मनाईएकाे छ।अाज बिहान उदाउदाे सुर्यलाई अर्घ दिएर पुजापाठ गरि छठ पर्व सकिएकाे छ । यो पर्व धार्मिक सदभावका रुपमा स्थापित हुँदै गएको प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताउनु भयाे।
 
 
देशका विभिन्न जिल्ला लगायत नवलपरासीमा पनि छठ पर्व अन्तर्गत शुक्रवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएकाे छ ।नवलपरासी जिल्लाकाे रामग्राम ,पाल्हिनन्दन ,सरावल ,प्रतापपुर र सुस्ताकाे विभिन्न स्थानका जलाशय सिँगारिएको छ । छठ व्रत गर्ने महिला र पुरुषहरूले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई नदी नहर पोखरी वा पवित्र जलाशयमा उभिएर माटोले निर्मित भाडा वर्तन,कनसुप्ति, छिट्टा (बाँस ले निर्मित सामग्री) सहितका भाडा वर्तनमा राखिए कोरा, स्याऊ, ठेकुवा, भूस्बा, खाजा, लड्डू सहितका फलफूल, सामग्रीहरू सूर्य देवतालाई चढाउने गर्दछन् ।
 
 

Comments