नवलपरासी मा मनाइयो धूमधामका साथ छठ पर्व
कार्तिक २२
पश्चिम नवलपरासी जिल्लामा धुमाधामका साथ छठ पर्व मनाईएकाे छ ।मैथिली अवधि, भोजपुरी र पहाडी समुदायलाई पर्वले जोडेको छ। केही बर्ष अघि सम्म पूर्वी तराईका केही जिल्लाहरूमा सीमित छठ पर्व अहिले समावेशी बन्दै गएको छ। अहिले तराईका जिल्लाहरूमा समेत विभिन्न जात जातिहरूले समेत मनाउन थाले पछि यो पर्व समावेशी र सांस्कृतिक पर्वकारुपमा विकसित हुँदै गएको हो । सिराहा सप्तरी, पर्सा लगायतका जिल्लाहरू मनाई गरिएको पर्व राजधानी, पहाडी जिल्ला लगायतका अन्य तराईका जिल्लाहरूमा समेत धूमधामसँग मनाउन थालिएकाे प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताउनु भयाे। यो पर्व धार्मिक सदभावका रुपमा स्थापित हुँदै गएको समेत बताउनु भयाे।
देशका विभिन्न जिल्ला लगायत नवलपरासीमा पनि छठ पर्व अन्तर्गत शुक्रवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइने छ ।जिल्लाका विभिन्न स्थानका नदी, नहर, तलाउ र पोखरीमा जम्मा भएका श्रद्धालुहरूले समेत विहिवार साँझ सूर्यलाई अर्घ्य दिएका छन् ।
नवलपरासी जिल्लाकाे रामग्राम ,पाल्हिनन्दन ,सरावल ,प्रतापपुर र सुस्ताकाे विभिन्न स्थानका जलाशय सिँगारिएको छ । छठ व्रत गर्ने महिला र पुरुषहरूले साँझ अस्ताउँदै गरेको सूर्य देवतालाई नदी नहर पोखरी वा पवित्र जलाशयमा उभिएर माटोले निर्मित भाडा वर्तन,कनसुप्ति, छिट्टा (बाँस ले निर्मित सामग्री) सहितका भाडा वर्तनमा राखिए कोरा, स्याऊ, ठेकुवा, भूस्बा, खाजा, लड्डू सहितका फलफूल, सामग्रीहरू सूर्य देवतालाई चढाउने गर्दछन् ।







Comments