गाउले पुरुष खुल्ला कपर्दी प्रतियोगिता अाज देखि ठुलाेखैरटवामा शुरु
नन्दु यादव नवलपरासी
पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिका वडा नन ४ ठुलाेखैरटवामा अाज देखि गाउले पुरुष खुल्ला कपर्दी प्रतियोगिता शुरु भएकाे छ ।
छठपर्वकाे पावन अवसरमा श्री कालिका दुर्गा मन्दिर सरक्षण सस्था ठुलाेखैरटवाकाे अायाेजनामा कपर्दी प्रतियाेगिता शुरु भएकाे हाे । सस्थाका अध्यक्ष जयगाेबिन्द यादवकाे काे अध्यक्षता तथा प्रतापपुर गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवकाे प्रमुख अतिथ्यतामा अाज एक कार्यक्रम बिच कपर्दी प्रतियोगिता उदघाटन गरिएकाे छ ।
कार्यक्रम मा नेपाली कान्ग्रेस का वडा न ४का सभापति महादेव यादव ,अनाेज यादव,जनजागृति अाधारभुत बिद्यालयका अध्यक्ष अम्मर यादव,शिवनाथ यादव लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।प्रतियोगिता ४०टिमकाे सहभागिता रहेकाे छ।
कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि यादवले कपर्दी प्रतियोगिता युवाहरुकाे लागि मुख्य खेलकुदकाे रुपमा रहेकाे भन्दै यश खेललाई अगाडि बढाउन अावश्यकता रहेकाे बताउनु भयाे ।प्रतापपुर का खेलाडीहरुलाई जिल्ला देखि प्रदेश र केन्द्रसम्म हरेक खेलमा अाफु सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु गर्नुभयाे ।साथै प्रतापपुरमा खेलाडी काे माग अनुसार अाफुले बजेट बिनियाेजन गर्न प्रतिबद्ध रहेकाे समेत बताउनु भयाे ।खेलकुदलाई ब्यवसायिक रुपमा लैजानुपर्ने कुरामा समेत जाेड दिनु भयाे ।जसमा प्रथमकाे लागि ४० केजि कुखुरा द्वितीय काे लागि ३०केजि कुखरा तृतीय स्थानकाे लागि २०केजि कुखुरा र सान्त्वना काे लागि १०केजि कुखुरा पुरस्कार राखिएकाे अायाेजकले जानकारी दिएका छन ।







Comments