नवलपरासी मा किसानहरुलाई धान काटने चटाराे
नन्दु यादव नवलपरासी
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)मा अहिले किसानहरुले धान काटने चटाराेमा छन ।अहिले किसानहरुले हात तथा अाधुनिक प्रबिधिकाे मेसिनकाे माध्यम बाट धान काटने काम धमाधम भईरहेकाे छ।यहाका किसान धान काटेर भित्र्याउन मा ब्यस्त रहेका छन।नजिकदै गएकाे तिहार छठ पर्व लाई मध्यनजरमा राखि किसानहरुले धान काटिरहेका छन ।अहिले नवलपरासीकाे प्रत्येक किसानकाे घरमा धानकाटने काम बाट फुर्सद नरहरेकाे देख्न सकिन्छ । प्रत्येेक किसानकाे घरमा अहिले बिहानै देखि साझ सम्म धान काटनेनै दिन चर्या बनेकाे छ ।गत साल भन्दा यस साल धान उत्पादनमा वृद्धि भएकाे सरावल ६का किसान सज्जाद असारीलेले बताउनु भयाे ।यस बर्ष खासै पानी नपर्दा ठुलाे बाढी नअाएकाेले अाफुहरु खुसि रहेकाे बताउनु भयाे ।बिगत का दिनमा यसक्षेत्रमा धान राेप्नेबितिकै बाढी अाउदा धान पुर्णरुपमा क्षति हुन्थयाे तर यसपालिका नभएकाे बताउनु भयाे ।अहिले यस क्षेत्रमा धान उत्पादनमा राम्राे प्रगति रहेकाे बताउनु भयाे ।
यस वर्ष धान उत्पादनमा ४ प्रतिशतले वृद्धि बढी उत्पादन हुने अनुमान गरिएकाे कृषि ज्ञान केन्द्र नवलपरासीले जनाएको छ।यस वर्ष जिल्लामा २० हजार ४सय ८७हेक्टरमा धानखेती गरिएकोमा ९५ हजार मेट्रिक टन धान उत्पादन हुने अनुमान गरिएकाे कृषि ज्ञान केन्द्र परासीका प्रमुख डा.रबिन्द्रनाथ चाैबेले जानकारी दिनु भयाे।गत वर्ष जिल्लामा९१ हजार तीन सय दुई मेट्रिक टन धान उत्पादन भएको थियो ।
यस वर्षको साउन महिनाको खडेरीले धानमा क्षति पुगे पनि त्यसपछि नियमित पानी परेकाले धानमा क्षति हुन नपाएको चाैबेकाे भनाइ छ। रामग्राम नगरपालिका, सरावल, पाल्हीनन्दन गाउँपालिका, सुनवलका केही भाग र बर्दघाट नगरपालिका धानको पकेट क्षेत्रको रूपमा चिनिन्छ ।यस बर्ष सुनवलकाे तीन वटा वडा र रामग्रामकाे एउटा वडालाई धान जाेन क्षेत्र काे रुपमा कार्यक्रम सन्चालन गरिने समेत बताउनु भयाे ।केही दिन अगाडि धान काटने बेलामा अाएकाे अबिरल बर्षाकाे काे सरावल गाउपालिकामा ६७० बिगहा र पाल्हिनन्दन मा २७९बिगहा धान खेतिमा क्षति भएकाे बताईएकाे छ ।
प्रतापपुर र सुस्ता गाउँपालिका उखु, केरा र बदामका लागि उपयुक्त मानिन्छ। जिल्लामा हाइब्रिड, साँवा, सुगन्धितलगायत जातका धान लगाउने गरिन्छ। धान प्रवर्द्धनका लागि गुणस्तरीय वीजवृद्धि कार्यक्रम, मसिना धानका कार्यक्रम सञ्चालन, सिँचाइका लागि पचास प्रतिशत अनुदानमा यन्त्र उपकरण वितरण, गुणस्तरीय बिउमा जोड दिनेलगायतका कार्यक्रम सञ्चालन गर्ने गरिएको कृषि ज्ञान केन्द्र परासी लेजनाएकाे छ।
अनुकूल मौसम, रोगको प्रकोपमा कमी, किसानमा व्यवस्थापन र सचेतनामा वृद्धि, गुणस्तरीय बिउको प्रयोग, मलखादको व्यवस्थापन लगायतका कारण धान उत्पादनमा वृद्धि भएको हो,’ चाैबेले बताउनु भयाे , ‘रासायनिक मलको अभाव देखिए पनि कृषि सामग्रीमार्फत केही हदसम्म मलखाद आएको र खुला सीमानाकाका कारण किसानले वैकल्पिक माध्यमबाट मलखाद व्यवस्थापन गरेकाले पनि धान उत्पादनमा वृद्धि भएको हो।अहिले धानकाे मूल्य बढदै गएपछि किसानहरुले धान खेति तर्फ अाकर्षित रहेका छन ।धान दाइ गर्नेबितिकै नगदै रुपमा बेचेर जीवन गुजारा चलाउन सहज रहेकाे किसानहरु बताउछन।अहिले नवलपरासी काे सिमाक्षेत्रका जनताकाे मुख्य पेशा नै धान खेति रहेकाे बुझिएकाे छ ।







Comments