महाराजगन्जमा शान्तिपूर्ण तरिकाले मुर्ति विसर्जन

धनी राम काेरी

महाराजगन्ज, असाेज १७

 

कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नं १ महाराजगन्जमा बिजया दशमीकाे अवसरमा स्थापना गरिएका दुर्गा भवानीकाे मूर्ति बाजागाजासहित प्रहरीको सुरक्षाका साथ आज विसर्जन गरिएको छ ।

हिन्दु भक्तजनहरू बाजागाजा र नाचगानका साथ मूर्तिलाई महाराजगन्ज बजार परिक्रमा गराई विसर्जन गरिएको हाे । महाराजगन्ज बजार क्षेत्रमा दुर्गा, गणेश, लक्ष्मी, सरस्वती लगायतको मूर्ति स्थापना गरेर नौ दिनसम्म धर्मशास्त्र अनुसार पुजापाठ गरी मूर्ति विसर्जन गरिएको हो ।

दुर्गा भवानीको विसर्जनको क्रममा सम्भावित घटनालाई मध्यनजर गर्दै प्रहरीकाे कडा सुरक्षाको साथमा विसर्जन गरिएको हाे ।

महाराजगन्जमा मुर्ति विसर्जनकाे क्रममा बुद्धिजीवी व्यक्तित्व, समाजसेवी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनप्रतिनिधि, हिन्दु समर्थक सहित अन्य व्यक्तिहरुकाे सहभागीता रहेको थियोे ।

Comments