गाउले खुल्ला पुरुष कपर्दी प्रतियोगिता मा पिपरपाती पल्टन प्रथम
श्यामबदन हरिजन नवलपरासी
पश्चिम नवलपरासी जिल्ला काे प्रतापपुर गाउपालिका वडा न ३अमहवामा भईरहेकाे गाउले खुल्ला पुरुष कपर्दी प्रतियोगिता अाज सम्पन्न भएकाे छ ।
बडा दशैका पावन अवसरमा मा दुर्गा कबडी खेलकुद समितिकाेअध्यक्ष शैलेन्द्र राजभर काे अध्यक्षता तथा प्रतापपुर गाउपालिका अध्यक्ष उमेशचन्द्र यादवकाे प्रमुख अतिथ्यतामा अाज एक कार्यक्रम बिच कपर्दी प्रतियोगिता समापन भएकाे हाे ।
कार्यक्रम मा वडा न ३वडा अध्यक्ष ऋषिदेव दास ,वडा सदस्य अब्दुल चुडिहार ,अनाेज यादव लगायतले मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे ।प्रतियोगिता मा पिपरपाती पल्टन प्रथम अमहवा द्वितीय सेखवाना तृतिय र पिडरहनी सान्तवाना स्थान हासिल प्राप्त गरेका थिए ।
कार्यक्रम मा बाेल्दै प्रमुख अतिथि यादवले कपर्दी प्रतियोगिता युवाहरुकाे लागि खेलकुद रहेकाे भन्दै प्रतापपुर का खेलाडीहरुलाई जिल्ला देखि प्रदेश र केन्द्रसम्म हरेक खेलमा अाफु सहयाेग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु गर्नुभयाे ।साथै प्रतापपुरमा खेलाडी काे माग अनुसार अाफुले बजेट बिनियाेजन गर्न प्रतिबद्ध रहेकाे समेत बताउनु भयाे ।खेलकुदलाई ब्यवसायिक रुपमा लैजानुपर्ने कुरामा जाेड दिनु भयाे ।साथै प्रतापपुर गाउपालिका खेलकुदमैत्री पालिका बनाउन लागि परेकाे समेत बताउनु भयाे ।







Comments